सुचना माग्दा बिद्युत बितरण केन्द्र पोखराका कर्मचारीले गरे मिस बिहेभ

Share:

पोखरा, भदौ १५। माधब पनेरु ।
नेपालमा सुचनाको हक लागु भएको १० बर्ष वितिसक्दा पनि सुचना माग्ने र दिने सस्कारको बिकास भएको छैन । त्यसमा पनि सरकारी निकायमा समेत सुचनाको हकको बारेमा जानकारी नहुँदा विना कारण सुचना माग गर्ने सेवाग्राहीले र्दुब्यबहार भोग्न बाद्य भएका छन ।
नेपाल बिद्युत प्राधिकरण , पोखरा बितरण केन्द्र ,पोखराका कर्मचारीले सुचना माग गर्न गएका कास्कीका दिपक आचार्य र पत्रकार यदुनाथ बन्जरा माथि र्दुब्यहार गरीकी छन । उक्त कार्यालयको प्रसासन शाखामा रहेकी गिता हमालले आचार्यले दिएको निबेदन दर्ता गर्न नमानेपछि आचार्यले दर्ता गर्न नमान्नुको कारण लिखित रुपमा माग गरेपछि उनीमाथि हमालले अपशब्द समेत प्रयोग गरेकी थिईन । पोखरा बितरण केन्द्रमा रहेका बिद्युत महशुल बक्यौता संबन्धी सुचना माग गर्दे उनले निबेदन दर्ता गराउन खोज्दा हमालले यस्तो निबेदन हालसम्म नआएकोले कुनैपनि हालतमा दर्ता नगर्ने भन्दै कार्यालय प्रमुखकै अगाडी निबेदन फालेकी हुन । उनले कार्यालय प्रमुखले भनेपनि आफुले दर्ता नगर्ने भन्दै कार्यालयको चेन अफ कमाण्ड नै उल्लंघन गरेकी छन । आफुलाई जानकारी नभएको बिषयमा कसैले भनेपनि नमान्ने उनले अडान लिएकी थिईन ।
रसिद चाहिदैन भन्दा उनलाई नराम्रो ब्यबहार भएको अनुभुति भएछ । त्यसैले कार्यालयको प्रसासन शाखामा कार्यरत हमालले हामि संग निबेदनको दस्तुत चाहिन्छ भनेर हाकिमकै अगाडी निबेदन फालेको समेत स्बीकार गरीन । जानकारी नहुुनु नै दोश नहोला तर आफु भन्दा माथिल्लो निकायको र्निदेशन पनि नमान्नु भने उनको कमजोरी हो । आखिर उनले हाकिमको कुरा समेत नमान्नुको कारण भने यस्तो रहेछ ।
सुचना माग गर्न गएका सामुदायिक सुचना समाज, पोखराका अध्यक्ष , पत्रकार यदुनाथ बन्जरा र बिग एफ.एमको टिम संग समेत उनले शुल्क लाग्ने र नलाग्ने बिषयमा एकोहोरो कुरा गरिरहीन । हुनत उक्त कार्यालयमा हालसम्म सुचना माग गरिएको ईतिहास रहेनछ । कार्यलयका सुचना अधिकारीलाई समेत यो प्राबधान थाहा छैन । नेपालमा सुचनाको हकको ब्यबहारीक प्रयोगको अभाव भएकोले नै यस्तो समस्या आएको हो । आगामी दिनमा आफुहरु सच्चिएर जाने सुचना अधिकारी शर्माले प्रतिबद्धता ब्यक्त गरेका छन ।
रेडियो रिपोर्टका लागि बिग न्युज सुन्नुहोला ।

कमेन्ट गर्नुहोस्
Share: