लमजुङ्ग — पोखरा सम्पर्क समितीमा घिमिरे

Share:

पोखरा , असोज ३, लमजुङ्ग पोखरा सम्पर्क समीतीको १६ औ साधारण सभा तथा १४ औ अधिबेशनले दिपक राज घिमिरेलाई अध्यक्षमा र्निबार्चित गरेको छ ।
पोखरामा सोमबार भएको अधिबेशनले आगामी दुई बर्षको लागि १५ सदस्यीए नयाँ कार्यसमिति चयन गरेको छ । समीतीको प्रथम उपाध्यक्षमा चम्पा रानाभाट,द्धितिय उपाध्यक्षमा बिपिन अधिकारी, र तृतिया उपाध्यक्षमा कृष्ण गिरि र्निबाचित भएका छन ।
त्यसैगरि सचिवमा ईश्वर चिलुवाल, सह सचिवमा गगन पौडेल,कोषाध्यक्षमा लीला बहादुरु गुरुङ्ग रहेका छन । सदस्यहरुमा बाबुराम श्रेष्ठ, मञ्जु गुरुङ्ग, माधब पनेरु , भोला श्रेष्ठ, पवन राज बसौला, तारा खत्री, हरि न्यौपाने , कृष्णराज ढकाल चयन भएका छन ।
अधिबेशनको राष्ट्रीय परिक्षा बोर्ड , गण्डकी ,धौलागिर का प्रमुख अशोक न्यौपानेले उदघाटन गरेका थिए । बिभिन्न समयमा देशका जुनसुकै ठाऊमा रहेर काम गरेपनि आफ्नो जन्म भुमिलाई स्मरण गर्दे गठन भएका यस्ता सस्थाहरुले अपनत्व बोध गराउने उनले सो अबसरमा भने । अधिबेशनमा सस्थामा अध्यक्ष सुर्य ढकालले बार्षिक, सचिव कृष्ण गिरिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अधिबेशनको प्रा.डा. पशुपति नाथ तिमल्सीना, समितिका पुर्ब अध्यक्ष गजेन्द्र मान श्रेष्ठ, पुष्पलाल श्रेष्ठ , सल्लाहकार, गोपाल सेढाई,कल्याण पन्त लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: