पोखरामा आइफोन ७ र ७ प्लसको बुकिङ खुल्ला

Share:

पोखरा, ६ असोज-
पोखरामा आइफोन ७ र ७ प्लसको बुकिङ खुल्ला भएको छ । पोखराको चिप्लेढुङगामा ओम म्याक स्टोर्समा बुकिङ गर्न सकिने स्टोर्सका सञ्चालक ओम लामाले जानकारी दिए ।

आइफोन ७ र ७ प्लसमा के छ त ?

आइफोन ७ र ७ प्लस संसार कै सबैभन्दा धनि प्रविधि सम्बन्धि कम्पनी एपलले कहिदिन पहिले नयाँ आइफोन आइफोन ७ र ७ प्लसमा सार्वजनिक गरेको थियो । आइफोन ७ संगै एपलले नयाँ हेडफोन एअरपोड र एपल वाच २ सिरिज पनि सार्वजनिक भएको छ ।

-आइफोन ७ र ७ प्लस पूर्ण रुपमा वाटर प्रुफ वा पानी नपस्ने छन् ।
-आइफोन ७ र ७ प्लस ६ भिन्न भिन्न रङ्गमा उपलब्ध चादि, सुन, गुलाब सुन, कालो र झन् कालो
-स्क्रिन रेजोलुसन निकै धेरै
-हेडफोन छैन, एपलकै लाइटेनिंग तारबाट हेडफोन जोड्नु पर्ने
-आइफोन ७ प्लसको पछिल्लो भागमा २ वटा क्यामरा
-पहिले भन्दा ७ मा २ घण्टा बढी र ७ प्लसमा १ घण्टा बढी ब्याट्री टिक्ने एपलको दाबी छ
-भण्डारणमा ३२, १२८, र २५६ उपलब्ध
-एपलको नयाँ हेडफोन एअरपोड नयाँ आइफोनमा आफै कनेक्ट हुने

कमेन्ट गर्नुहोस्
Share: