मनास्लु पदमार्गमा पहिरो, एक विदेशीसहित चारको मृत्यु, ६ घाईते

Share:

काठमाडौं, ६ असोज-
मनास्लु पदमार्गमा बिहीबार बिहान गएको पहिरोमा परि १ विदेशी पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।
पदमार्ग अन्तर्गत गोरखाको केरौंजा ९ दोभानमा झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी जनकराज पाण्डेका अनुसार मृत्यु हुनेमा एकजना स्पेनिस पर्यटक, काठमाडौ गोकर्ण बस्ने दोर्जे लामा र छिरी शेर्पा तथा ओखलढुंगाकी रञ्जना बस्नेत रहेका छन् ।
पहिरोमा परि घाइते भएका ६ जनाको उद्दार गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: