नेपालका नयाँ ट्रेकिङ्ग रुटको चर्चा नै हुदैन ः अधिकारी

Share:

पोखरा, असोज ७ ।
नेपालमा पर्यटन भित्रयाउने कुरा धेरै हुने गरेपनि पर्यटकको बसाई लम्वाई बढाउने कुरामा सरोकारवालाहरुको ध्यान नजाने ट्रृकिङ्ग एजेन्ट एजेन्सीज एशोशियएन अफ नेपाल( टान)मा बिगत ६ बर्ष देखि कृयाशिल बिस्व राज अधिकारीको भनाई छ ।
टानको १४ औ अधिबेशन तथा २३ औ साधारणसभा को अबसरमा अधिकारीले नेपालको पर्यटन बिकासमा यस्ता कुराहरुले समस्या देखाएको बताएका छन । अधिबेशन तथा भेलाहरुमा मात्र नयाँ रुटको बारेमा कुरा गर्ने तर नितिगत लेवलमा सस्थागत हुने गरी काम नगर्ने परिपाटीका कारण आफुहरुले बाद्यताबस भैरहेकै परम्परागत रुटमा काम गर्नुपर्ने अबस्था आएको उनको भनाई छ । अहिले त त्यही पुराना रुटहरु पनि छोटो हुदै गएकाले पोखरा हेर्न आउने तथा अन्नपुर्ण जस्ता पर्यटकीए आर्कषणहरु अबलोकनका लागि सहज बन्नु नै समस्या भएको अधिकारीको बुझाई छ । पर्यटकले चाहेर पनि धेरै दिन बस्न पाउदैन, छोटो भ्रमणले खाली पर्यटकको संख्या बढाउने तर आर्थिक कारोबार धेरै नहुने भएकाले पर्यटन ब्यबशायिहरुले सोचे जस्तो उपलब्धी हासिल गर्न नसकेकोमा उनले चिन्ता ब्यक्त गरे ।
अहिले नयाँ रुटहरुको खोजि र भैरहेको रुटहरुलाई आधुनिकीकरण गर्न अति आबस्यक रहेको उनको भनाई छ । पदयात्राको संभावित क्षेत्रहरुको नक्साङ्गन, सिमाङ्गन, संकेत बोर्ड र बिश्राम स्थल र्निमाण गर्नुपर्ने र खोजि भैरहेको नयाँ रुटहरुमा अब टान जस्ता सस्थाहरु नै कृयाशिल हुनुपर्ने अधिकारीले दावि गरे । बिस्वबजारमा यस्ता रुटहरुको बारेमा प्रचारप्रसारको पनि त्यत्तिकै खाचो रहेको उनको भनाई छ । अहिले भएका रुटहरुका पनि आन्तरीक रुपमा मात्र प्रचार भएपनि अन्र्तराष्ट्रिय स्तरको प्रचार आबस्यक रहेको अधिकारीको तर्क छ ।
जसरी पोखरा क्षेत्र बाट र्नै मर्दी हिमाल टे«क, को खोजि गरिएको उदाहरण छन , त्यसै गरि अन्य ट्रेकहरुलाई पनि ब्यबशायिक हिसावले अगाडी बढाउन आबस्यक छ । मर्दी टे«क संगै जोडिएको घाहाचोकबाट सुरुहुने माछापुछ्रे मोडल ट्रेकको सार्वजनिक भएकै धेरै भैसकेपनि तर हाल यो रुट ओझेलमै परेको छ । सुन्दरताको हिसावले उत्कृष्ट भएपनि प्रचार र ब्यबस्थापन हुन नसकेका कारण समस्या आएको उनको बुझाई छ । अब भनेको यि दुई रुटलाई जोडेर प्रर्बद्धन गर्ने हो भने एक उत्कृष्ठ रुट बन्ने संभावना भएकोमा उनले जोड दिए । उक्त रुटमा प्याराग्लाईडिङ्ग कम्पनीहरुले प्याराटे«कको नामले केही ब्यबशायिहरुले प्याराग्लाईडिङ्ग पनि गरिरहेका छन ।
टानका उपाध्यक्ष दिपक राज अधिकारीले पनि अब ब्यबशायिक हिसावले रुटहरुको उचित प्रबन्ध गर्न आबस्यक भएको बताए । देशमा आएका पर्यटकहरुको बशाई लम्वाउने तरिका नै ट्रेकिङ्ग,एडभेन्चर तथा क्लाईक्वीङ्ग जस्ता पर्यटकिय गतिबिधि नै उपयुक्त बिधि भएको उनले बताए । अब अरुको मुख ताक्ने भन्दा पनि ब्यबशायिहरु बिचको एकता र सहकार्य बाट रुटहरुको बिकास गर्दे ब्यबशायिक दृष्टीले नयाँ फड्को मार्नपर्ने आबस्यकता भएको अधिकारी बताउछन । टानले बिगतदेखि नै पदयात्रा क्षेत्रहरुको खोज तथा संरक्षणको माग गर्दे आएता पनि अब पदयात्रा क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा नगरे पदयात्रा क्षेत्र बिस्थापित हुनुको साथै पर्यटनको आगमनमा पनि ठुलो हस आउने कुरामा निच्चीत जस्तै बनेको अधिकारीको भनाई छ । अबको कार्यक्रम औपचारीकतामा मात्र खर्च गर्ने परिपाटीलाई हटाएर संरचना र्निमाण, भएका रुटको संरक्षण , प्रर्बद्धन र प्रमोशन क्रमिक रुपमा अगाडी बढाउन उनले अनुरोध समेत गरे ।
टान यतिबेला अधिबेशनको संघारमा भएकाले अब आउने नयाँ नेतृत्व चयनमा खटेर काम गर्ने र भिजन भएको ब्याक्ति आउनेमा उनले आशा ब्यक्त गरेका छन । पर्यटकिय रुटमा अहिले अत्याधिक रुपमा सहयोगि बिना पर्यटकहरु पदयात्रामा जाने प्रचलन बढ्दै जाँदा सो क्षेत्रमै आश्रित मजदुर, ब्यबशायिहरुले मार खेप्नु परेको र बिस्थापीत हुने अबस्था आएको छ । उनिहरुलाई निर्धक्क ब्यबशाय गर्ने अबस्था ल्याउन आबस्यक रहेको उनले औल्याएका छन ।

कमेन्ट गर्नुहोस्
Share: