स्थापना दिबसको अबसरमा बृक्षारोपण

Share:

पोखरा, असोज ६ ।
आफ्नो सस्था स्थापनाको अबसरमा लमजुङ्ग— पोखरा सम्पर्क समीतीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बृक्षारोपण गरेको छ ।
२०५० साल असोज ६ गते बिधिबत रुपमा जिल्ला प्रसासन कार्यालय, कास्कीमा दर्ता भएकोले सोही दिनको अबसरमा पारेर समीतीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ईमर्जेन्सी बिभाग अगाडी रहेको पार्कमा बृक्षारोपण गरेको हो । अस्पतालको अगाडी रहेको भागलाई हरियाली पार्कको रुपमा बिकास गर्नको लागि क्षेत्रमा बृक्षारोपण गरिएको समीतीका अध्यक्ष दिपक घिमिरेले बताए ।
उक्त पार्क लमजुङ्ग –पोखरा सम्पर्क समीती द्धारा संरक्षीत लमजुङ्ग पार्क हो । अस्पतालमा आएका बिरामीहरुलाई सहज बशोबास तथा आफन्तहरुलाई आराम गर्ने पार्कको पनि बिधिवत शुभारम्भ पनि गरिएको हो ।
बृक्षारोपण तथा पार्क शुभारम्भ कार्यक्रमको पोखरा उद्योग बाणिाज्य संघका पुर्ब अध्यक्ष दिपक श्रेष्ठले बिरुवा रोपेर गरेका थिए । अबका दिनमा उक्त पार्कलाई अझ सुन्दर र सफा बनाईराख्न समीतीले निरन्तर लगानी तथा अनुगमन गरिने सो अबसरमा घोषणा गरिएको थियो । दिपक श्रेष्ठले पोखरामा पनि सम्पर्क समीतीको सबै खालको योगदान रहेको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. श्री कृष्ण श्रेष्ठले सबै संघ सस्थाहरुको सहयोगले अस्पताल परिषर शुद्ध र हरियाली बन्दै गएकोमा खुशी ब्यक्त गरे । समीतीका पुर्ब अध्यक्ष डा. पशुपतिनाथ तिमल्मीनाले समीतीहरुले आफ्नो क्षेत्रमा मात्र नभई बशोबास गरिरहेको क्षेत्रमा पनि सहयोग गरेकोमा प्रशम्शा गरे । अनाबस्यक भोजभतेर भन्दा सामाजिक क्षेत्रमा कृयाशिल भएर काम गर्न पनि बर्तमान समितीलाई अनुरोध गरे । समाजसेवी भिम लाल श्रेष्ठले पार्क र्निमाणका लागि आबस्यक आर्थिक सहयोग गर्ने उदघोष गरे । समीतीका पुर्ब अध्यक्ष भुपनिधि पन्तले कृयाशिल रहीरहन आग्रह गरे ।
पार्कमा धुपि तथा अन्य बिभिन्न जातका बिरुवा, फुलहरु रोपिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: