विद्यालयमा बम बिस्फोट गराईएको घटनाप्रति सञ्जालको ध्यानाकर्षण

Share:

पोखरा, ६ असोज-
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालयका परिसरमा २०७३ असोज ४ गते गराइएको बम विष्फोटन तथा शंकास्पद वस्तुहरू राखी आंतकीत तुल्याएको घटना प्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले विज्ञप्ती जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

दश वर्ष शसस्त्र द्वन्द्वको चपेटाबाट विद्यालय र बालवालिकाहरू प्रभावित भएको कारणले सन् २००२ बाट विद्यालय र बालवालिकहरू शान्ति क्षेत्र हुन, शान्ति वालवालकिाको नैसर्गिक अधिकार हो तसर्थ जस्तो सुकै कठिन परिस्थतिमा पनि विद्यालय र वालवालिकालाई द्वन्द्वको निशाना बनाइनु हुंदैन भन्दै प्रमुख राजनीतिक दलहरूले हस्ताक्षर सहित प्रतिवद्धता जनाई सकेको कुरा स्मरण गराउन चाहन्छौं ।

नेपााल सरकारले २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरी विद्यालय शान्ति क्षेत्र घोषणा निर्देशिका पनि जारी गरिसकेकोछ । सो निर्देशिकाले पनि विद्यालय भित्र कुनैपनि राजनीतिक गतिविधी गर्न नपाउने राजनीतिक कारणले विद्यालय बन्द गर्न नपाइने, विद्यालयका सवारी साधन र बालबालिकाहरूलाई निशाना बनाउन नपाइने जस्ता कुराहरूको व्यवस्था गरिएको छ । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा बालअधिकारलाई सुनिश्चित गरिएको छ । यस्तो अवस्थामा पनि आफ्ना निहित स्वार्थ पुरा गर्ने उद्धेश्यले गरिएका यस्ता घटनाहरूको जति निन्दा र भत्र्सना गरेपनि कमै हुने विज्ञप्तमा भनिएको छ ।

तसर्थ शान्ति क्षेत्रको परिसरमा कुनै पनि आतंकीत क्रियाकलाप नगर्नको लागि सम्बन्धीत पक्षको ध्यनाकर्षण गराउंदछौं । बालबालिका र समग्र नागरिकलाई आंतकीत बनाउने, व्यक्तिगत र सार्वजनिक सवारी साधन तथा भौतिक क्षति पुर्याउने उद्धेश्यले बम विष्फोटन र बम राख्ने जस्ता घटना प्रति यो सञ्जाल घोर भत्र्सना गर्दै यस्ता आपराधिक कार्यको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सरकारसंग जोडदार माग गर्दछौ । साथै अबका दिनमा यस्ता घटनाहरू नदोहो¥याउन समेत सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

विज्ञप्ती जारी गर्नेहरूमा ढाकाराम पौडेल संयोजक शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा टेकनाथ बराल अधिकारकर्मी, खगराज आचार्य अधिकारकर्मी, शिवप्रसाद खकुरेल क्षेत्रीय संयोजक इन्सेक, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा, सरलाकुमारी पाण्डेय संयोजक एड्भोकेसी फोरम नेपाल, पोखरा, गिरधारी सुवेदी संयोजक सयपत्री समाज कास्की नेपाल, जानकीदेवी शर्मा उपाध्यक्ष महिला मानवअधिकार रक्षक सञ्जाल, कास्की, राजेश पराजुली सचिव मानवअधिकार एलाइन्स, कास्की, प्रेमबहादुर सोङ्गमेन संयोजक सिविन नेपाल, डा.राजेन्द्र गौतम अध्यक्ष बालगृह सञ्जाल, कास्की रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: