नेपाल एयरलाइन्सको ग्राउण्डेड एयरबसले भोलीदेखि उडान भर्ने

Share:

असोज ९ गते-
प्राविधिक समस्याका कारण शनिबार ग्राउन्डेड भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमानले सोमबारदेखि उडान सञ्चालन गर्ने भएको छ ।

विमानको आज साँझसम्म मर्मत सकेर पुनः उडान सञ्चालन गरिने निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।

संयुक्त अरब इमिरेट्सको आवुधावीबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए । निगमले दुईवटा एयरबस र एउटा बोइङबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: