दक्षिण पर्वतमा बजार अनुगमन तिब्र

Share:

लक्ष्मीप्रसाद सापकोटा
पर्वत १३ असोज

चाडपर्व नजिकिए सँगै दक्षिण पर्वतका विभिन्न गाविसमा बजार अनुगमन गरिएको छ । हुवास गाविस स्थित हातेमालोचोक बजार र त्रिवेणीमा रहेको अर्थुन बजार अनुगमन गरिएको हो ।

चाडवाडको समयमा बजारमा कालोबजारी बढ्नुका साथै म्याद नाघेका खाद्यबस्तुहरु विक्रि भैरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको हो । इलाका प्रशासन कार्यालय हुवास, इलाका प्रहरी कार्यालय र स्थानीय व्यावसायी, सामुदायिक सेवा समाज लगायतको उपस्थितिमा बजार अनुगमन गरिएकोे हो ।

अनुमगनपछि म्याद नाघेका सामान विक्री वितरण नगर्न, विल विजक जारी गर्न, साईनबोर्ड राख्न र मुल्य सुची राख्न, जथाभावी सूर्तिजन्य पदार्थ नबेच्न र लेबल नभएको सामान विक्री नगर्न, मिठाई अखाद्य पदार्थ र रंगको मिसावट नगर्न, पसल दर्ता र नविकरण गर्न, खाद्यान्न र विषादीयुक्त चीजहरु अलग अलग राखी विक्री गर्न निर्देशन दिईएको छ ।

यस अघि हुवास स्थित हातेमालो चोकका पनि विभिन्न पसलमा अनुगमन गरिएको थियो । ग्रामीण भेगका पसलहरु बिना दर्ता संचालन हुने र म्याद नाघेका बस्तुहरु बढि पाईने भएकाले त्यस्ता व्यावसायीलाई सचेत गराइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: