
असोज २३
मारिनेको संख्या ३ सय नाघ्न सक्ने संयुक्त राष्ट्रसंघको उद्दारकर्मीहरुले बताएका छन् । घटनामा विद्रोही हुतीका कयौं नेता तथा कार्यकर्ता तथा सर्वसाधारण मारिएको अनुमान गरिएको छ ।
विद्रोही हुतीद्वारा सञ्चालित सरकारले साउदी अरेबिया नेतृत्वको गठबन्धनले आक्रमण गरेको अरोप लगाएको छ । तर, साउदीले भने उक्त आरोपको खण्डन गरेको छ। घटनापछि अमेरिकाले यसको तत्काल अध्ययन गर्ने बताएको छ । अमेरिकाले यसअघि यो गठबन्धन प्रतिको सहयोग घटाइसकेको छ ।
‘अमेरिका र साउदी अरेबियाबीचको सुरक्षा साझेदारी ब्ल्याङ चेक होइन,’ ह्वाइट हाउसका नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता नेड प्राइसले भने । साउदी नेतृत्वको गठबन्धनले यसममा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको सरकारलाई सहयोग गरिरहेको छ ।
राष्ट्रपति अब्द्राबुह मनसुर हादी हुती विद्रोहीसँग संघर्षमा छन् । हुती विद्रोहीले राजधानीमा कब्जा गर्दै त्यहाँबाट हादी सरकारलाई भगाएको थियो । त्यसपछि सन् २०१५ देखि साउदीले हादीलाई सहयोग गरिरहेको छ ।
सन् २०१४ मा शुरु भएको गृहयुद्ध पछि हजारौं सर्वसाधरणले ज्यान गुमाइसकेका छन् भने लाखौं शरणार्थी बन्न बाध्य भएका छन् ।
