
पोखरा, ४ मङ्सिर-
खहरे आमा समूह पोखराले फेवातालस्थित खहरे घाट वरपर बगैँचा निर्माण गर्ने भएको छ ।
फेवाताल र आसपासका क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँको सुन्दरतालाई थप परिष्कृत बनाउने र सामाजिक विकृतिविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरी नमुना समाज बनाउने लक्ष्य राखिएको समूहको तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनका अवसरमा समूहका सचिव मैयाँ थापाले जानकारी दिइन् ।
समूहले प्रत्येक महिनाको तेस्रो शनिबार फेवाताल वरपर र खहरे क्षेत्रमा सरसफाइ गर्दै आएको छ । समूहका अध्यक्ष नानीमैयाँ सिग्देलले भूकम्पबाट पीडित सर्वसाधारणको सहयोग, बाढी प्रकोपबाट पीडितको सहयोग लगायत काममा बढिरहेको महिला सक्रियता प्रशंसायोग्य भएको बताइन् ।
कमेन्ट गर्नुहोस्
