त्रिभुवन पौडेल
पोखरा, साउन २ । राज्यको अर्बौ राजश्व लुटिरहेको कल बाइपास गर्ने अन्तराष्ट्रिय गिरोह पोखरामा ठाउँ ठाउँमा अखडानै जमाएरसक्रिय भएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कास्की प्रहरीको सहयोगमा कल बाइपास गर्ने सामग्रीसहित दुई जना बंगलादेशी नागरिकलाई पोखराको मुटु सृजनाचोकबाट बिहिबार पक्राउ गरेपछि, त्यसको खुलासा भएको हो । त्यही काममा सक्रिय लेकसाइडको गौरीघाटमा बस्ने गिरोह भने फरार भएको छ ।
प्रहरी स्रोतले नेपाल हटलाइनलाई दिएको जानकारी अनुसार करिब एक बर्ष पहिला देखि यो गिरोह पोखरामा सक्रिय रहँदै आएको थियो । पक्राउ पर्नेमा सीलासी गफासार र नादी अहमद गौरब रहेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक सुरेन्द्र शाहले हटलाइनलाइ जानकारी दिनुभयो । काठमाण्डौमा केन्द्रिय अनुसन्धान ब्युरोले मोनिटर गर्दा, पोखरामा कल बाइपासको गिरोह सक्रिय भएको सूचना पाएपछि, तिन दिन देखी दुई प्रहरी नायब निरिक्षक पोखरामा खटिएका थिए । पक्राउ परेका ब्यक्तिहरुलाई अनुसन्धान ब्युरोले कास्की प्रहरीलाई जिम्मा लगाउने र यहीबाट मुद्धा चलने एसपी शाहले वताउनुभयो ।
पोखराको सृजनाचोकमा कोठा लिएर कल बाइपासको काम गरीरहेको अवस्थामा पक्राउ परेका बंगलादेशीसँगै प्रहरीले उनीहरुले प्रयोग गर्ने उपकरण समेत बरामद गरेको छ । पक्राउ परेका दुइ जनानै कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
बिदेशबाट आउने फोन इनटरनेट मार्फत ह्याक गरेर, नेपालमा फोन आउँदा नेपाली नम्बर देखिने बिधीनै कल बाइपास हो । यो अँग्रेजीमा भिओआइपी -Voice-over-Internet Protocol (VoIP) नामले परिचित छ ।
बिदेशको नम्बरबाट फोन नेपालको नम्बरमा आउँदा बिदेशी टेलिकम कंपनीहरुले नेपाल सरकारलाइ राजश्व तिर्नुपर्छ । तर कल बाइपास गर्ने अपराधीहरुले उक्त सिष्टमनै ह्याक गरेर, स्याटलाइट मार्फत आफ्नो सिष्टमबाट नेपालमा फोन जाने बनाउछन् । जसले गर्दा नेपाल सरकारले पाउने अर्बौको राजश्व गुम्ने गरेको छ । पोखरामै दुइ जना बंगलादेखी समातिएको पश्चिम क्षेत्रिय प्रहरी प्रमुख बमबहादुर भण्डारीले स्विकारे । तर कास्कीका प्रहरी अधिकारीहरु घटनाका बारेमा केही बोल्न चाहेनन । प्रहरी नायब महानिरिक्षक राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीको केन्द्रिय अपराध ब्युरोको प्रमुख भएपछि, उनकै बिशेष सक्रियतामा यो अपराधमा संलग्न ब्यक्तिहरु पक्राउ पर्दै आएका छन् ।
बिशेषगरी बंगलादेशका नागरिकहरुनै नेपाल आएर यस्तो अपराध कर्ममा सक्रिय हुँदै आएको भण्डारीले वताए । उनको पालामा भिओआइपी गर्ने गिरोह पक्राउ परेपछि, सरकारको करिब चार अर्ब राजश्व बढेको थियो । बिदेशमा बसेर कल बाइपास गर्ने गिरोहले तलबमा मान्छे खटाएर तथा आफै नेपालमा आएर समेत यो काम गर्दै आएका छन् । डिआइजी राजेन्द्रसिहं भण्डारीका अनुसार पोखरामानै केही समय पहिला सिम कार्ड बरामद भएपनि, कोही पक्राउ भने परेका थिएनन् ।
बिशेषतः काँग्रेस नेतृ सुजता कोइरालाका ज्वाइ रुबेल चौधरीमार्फत् यो गिरोह नेपालमा भित्रिएको प्रहरीको भनाइ रहेको छ । अहिले पक्राउ परेको गिरोहसित गहिरिएर अनुसन्धान गर्ने हो भने राजनीतिक नेताहरुसम्म तानिन सक्ने अनुमान गरिएको छ ।
www.nepalhotline.com
