
तनहुँ, १० मंसिर-
डिएसपीले चालकलाई कुटपिट गरेको भन्दै यातायात व्यवसायीले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।
तनहुँका डिएसपी सुरेन्द्रबहादुर गुरुङले बस चालकमाथि कुटपिट गरेको भन्दै त्यसको विरोधमा राजमार्ग बन्द गराएका हुन् ।
तनहुँको दमौली नजिकैको माझी पुलमा ना ५ ख ४७२३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएपछि डिएसपी गरुङले बस चालक सुवास कार्कीको लाइसेन्स मागेका थिए ।
कार्कीले लाइसेन्स दिन नमानेपछि चालक कार्कीमाथि हातपात गरेको भन्दै यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् ।
अहिले पृथ्वी राजमार्ग अन्गर्त तनहुँ खण्डमा सवारी साधनको लामो लाईन लागेको छ ।
कमेन्ट गर्नुहोस्
