यो वर्ष पनि बिग आइनलाई बेलायत यात्राको निम्तो

Share:

द ब्रिटिश कलेज ‘प्रोमोटेड बाई’मा चौथो पटक टाइ–अप

रेम बिक
पोखरा, १६ मंसिर ।अघिल्ला वर्षहरु जस्तै यो पटक पनि बिग आइकनका विजेताले बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर पाउने भएका छन् । ‘द ब्रिटिश कलेज’को निमन्त्रणा तथा व्यवस्थापनमा बिग आइकन विजेता त्यहाँ जाने आयोजक बिग एफएमले जनाएको छ ।

बिग आइकनका लागि बेलायतको साँगीतिक भ्रमण निम्तो दिने कुरा ‘द ब्रिटिश कलेज’ले पुष्टी गरेको छ । बिग आइकनको सातौँ सँस्करणका लागि द ब्रिटिश कलेजले ‘प्रामोटेड बाइ’ टाइटलमा सहकार्य गरेसँगै विजेताका लागि यो अवसरले निरन्तरता पाएको हो ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र द ब्रिटिश कलेज थापाथलीका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलबीच सातौँ बिग आइकनका लागि यो सहमती भएको हो । बिग आइकनमा कलेजले सहकार्य गरेको यो सँस्करण सहित चौथोपटक हो ।

यसअगाडिका बिग आइकनलाई पनि ‘द ब्रिटिश कलेज’ले बेलायतको साँगीतिक भ्रमण गराईसकेको छ । बिग आइकन मुस्कान रानाभाट कलेजकै निमन्त्रणा तथा व्यवस्थापनमा बेलायतको साँगीतिक भ्रमण गरेर फर्किसकेकी छन् । त्यस्तै छैठौँ बिग आइकन साजन आले केहि समयपछि कलेजकै निम्तोमा बेलायततर्फ जाँदैछन् ।

‘बिग आइकनले राष्ट्रियस्तरमा निकै राम्रो प्रभाव जमाएको छ । र, त्यहि प्रतिभालाई अन्तराष्ट्रिय मञ्चमा उतारेर हामी पनि उनीहरुको कदर गर्न चाहन्छौँ ।’ द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले भने–‘त्यसैले उनीहरुलाई हामीले साँगीतिक भ्रमणका लागि निम्तो दिएका हौँ ।’ नयाँ गायन प्रतिभाहरुका लागि यो एउटा अवसर हुने उनले बताए ।

त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले बिग आइकनको उँचाईलाई अन्तराष्ट्रियस्तरसम्म पु¥याउन ब्रिटिश कलेजको महत्वपूर्ण हात रहेको प्रतिक्रिया दिए । ‘हामीले प्रतिभाहरुलाई मञ्च दिएका छौँ । र, त्यहि प्रतिभालाई अझै बढि प्रमोट गर्ने काम ब्रिटिश कलेजले गरेको छ ।’ भण्डारीले भने–‘यस्ता सहकार्यले बिग आइकनलाई अन्तराष्ट्रिय पहिचान दिइरहेका छन् ।’

बिग आइकनको सातौं संस्करणका लागि हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ईन एशोसियसन विथमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराही, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: