
बिग न्युज पोखरा, २४ मंसिर । पोखराको सिद्धार्थचोकमा कार्यालय रहने गरी युनिस्टार एजुकेशन कन्सल्टेन्सीको शुभारम्भ भएको छ । विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि परामर्शसँगै अन्य थुप्रै सुविधा दिने उद्देश्यसहित पोखरामा अष्ट्रेलियाको ‘नेपकम्स सर्भिस’सँगको सहकार्यमा यो कन्सल्टेन्सीको शुरुवात भएको हो ।
झण्डै डेढ दशक शैक्षिक परामर्शको क्षेत्रमा अनुभव लिइसकेका व्यवसायी सन्तोष शाहीले पोखरामा यो कन्सल्टेन्सीको शुरुवात गरेका हुन् । शुक्रबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष मिलन तिवारीले यो कन्सल्टेन्सीको उद्घाटन गरे । तिवारीले युनिस्टारको प्रगतीको कामना गरे । ‘पोखरामा थुप्रै शैक्षिक परामर्श केन्द्रहरु छन् । यद्यपी लामो समयदेखि अनुभव लिएर आएका व्यक्तिले संचालन गर्ने युनिस्टारले भने गुणस्तरिय सेवा दिन सक्नेमा कुनै दुईमत छैन ।’ – तिवारीले भने ।
त्यस्तै इक्यानका पुर्वअध्यक्ष महेश भण्डारीले युनिस्टारको आगमनले शैक्षिक परामर्श क्षेत्र अझै बढि प्रभावकारी बन्ने आँकलन गरे । ‘१५ वर्ष सँगै व्यवसायिक सहकार्य पश्चात भिन्न शैलीमा सेवा सुरु भएको छ ।’– भण्डारीले भने– ‘विद्यार्थीको लागि सहि परामर्शदाताका रुपमा पोखरामा स्थापित हुनेमा म ढुक्क छु ।’ कार्यक्रममा नेपकम्स सर्भिसका एडमिशन म्यानेजर लक्ष्मी कायस्थ, पोखरा जेसिजका पूर्व अध्यक्ष छवि सुवेदी लगाएतले बोलेका थिए ।

सिद्धार्थचोकमा स्थापित यो कन्सल्टेन्सीले पहिलो चरणमा अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आफ्नो सुविधा दिने जनाएको छ । अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई परामर्श, आवश्यक तयारी कक्षा, भिसा प्रोसेसिङ, माइग्रेसन प्रोसेसिङसँगै अष्ट्रेलिया पुगेपछि विद्यार्थीलाई रोजगारीको जिम्मेबारी समेत कन्सल्टेन्सीले लिएको छ ।
‘हामीले नेपकम्स सर्भिस’सँग विद्यार्थीहरुको यहि सजिलोका लागि सहकार्य गरेका हौँ । सिड्नीमा मूख्य कार्यालय रहेको नेप्कम्सको पोखरास्थित आधिकारिक शाखा नै युनिस्टार हो ।’ युनिस्टारका प्रबन्ध निर्देशक सन्तोष शाहिले भने–‘त्यहाँ जाने विद्यार्थीहरुका लागि सम्पूर्ण जिम्मेबारी यहि कम्पनीले नै लिन्छ ।’ नेपकम्स अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न ३० वटा कलेजबाट सम्बन्धनप्राप्त संस्था भएको उनले जानकारी दिए ।
त्यो सँगै युनिस्टारले अन्य देशका लागि पनि विद्यार्थीहरुलाई परामर्श दिने र भिसा प्रोसेसिङ गर्ने काम गर्ने जनाएको छ । अमेरिका, यूके, न्यूजिल्याण्ड लगाएतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई आवश्यक तयारी कक्षा, भिसा प्रोसेसिङसँगै उचित परामर्श समेत दिईने कम्पनीले जनाएको छ ।
