औद्योगिक व्यापार मेलामा आज हिमालयन टाइगरको रेस्लिङ, अहिलेसम्म ३ कराेडकाे काराेबार

Share:

पोखरा, २७ मंसिर-
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको पाचौं दिन सोमबार पनि विभिन्न कलाकारहरुले रेस्लिङ प्रस्तुत गर्दैछन् ।
लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ आयोजित मेलामा सहभागिता जनाउनेहरुलाई मनोरञ्जन प्रदान गर्न रेस्लिङ प्रतियोगिताको समावेश गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जनाए । उनका अनुसार रेस्लिङ प्रतियोगिता सोमबार अर्थात मंसिर २७ गते पनि समावेश गरिएको छ ।
मेला अन्तर्गत सोमबार हिमालय टाइगर (भरतबहादुर बिसुराल) ,अजिँगर, यति, स्क्रोपियन, दि वारियर, स्टोन पावरसहितका रेस्लरहरुको प्रस्तुति रहनेछ भने लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, शंकर बिरही गुरुङ, जीवन दाहाल, कृष्ण सुवेदी, राजेन्द्र सापकोटा, कृष्ण सुवेदी, राजेन्द्र सापकोटा, कुमार पुन, सीता केसी, मञ्जु विक, सीता थापा मगरको प्रस्तुति रहने संघका कोषाध्यक्ष तथा साँस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जानकारी दिनुभयो । यसैगरी पपतर्फ सहिमा श्रेष्ठसहितका कलाकारहरु, पिसिसिआई गायन ताराको नियमित प्रस्तुति, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता तथा मोर्डन डान्स र हाँस्य प्रस्तुतिहरु पनि मेलाको आकषर्ण हुने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

मेला अन्तर्गत आइतबार पोखरामा भएका विदेशी पर्यटकहरुलाई मेलास्थल अवलोकन गराइएको थियो ।
आइतबारसम्म मेलास्थलबाट करिब ३ करोड रुपैयाँको व्यवसायिक कारोवार भएको छ भने करिब ३७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: