
पोखरा, २७ मंसिर-
नेपालका लागि संयुक्त अरव इमिरेट्स (युएई) का राजदूत सइद हमदान मोहमद अल नाक्बीले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गर्नु भएको छ । पोखराको भ्रमणको क्रममा रहनु भएका राजदूत नाक्बीले सोमबार मेला अवलोकनको क्रममा नेपालको निजी क्षेत्रले व्यवसाय प्रवद्र्धनको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपालका लागि संयुक्त अरव इमिरेट्स (युएई) का राजदूत सइद हमदान मोहमद अल नाक्बीले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गर्नु भएको छ । पोखराको भ्रमणको क्रममा रहनु भएका राजदूत नाक्बीले सोमबार मेला अवलोकनको क्रममा नेपालको निजी क्षेत्रले व्यवसाय प्रवद्र्धनको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
राजदूत नाक्बीलाई मेलास्थलमा मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वागत गर्नुभएको थियो । सो अवसरमा राजदूत नाक्बीले पोखरा अत्यन्त सुन्दर रहेको र आफूले अर्को पटक पनि पोखराको भ्रमण गर्ने वचनवद्धता प्रकट गर्नुभयो । नेपालका उद्योगी÷व्यवसायी र संयुक्त अरव इमिरेट्सका व्यवसायीहरुबीच ‘बि टु बि मिटिङ’को लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रक्रिया अगाडि बढेको बताउँदै उहाँले यस्तो व्यवस्था पोखराका उद्योगी/व्यवसायीको लागि पनि उपलब्ध गराउनेतर्फ आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेलास्थलमा आउनु भएका राजदूत नाक्बीलाई स्वागत गर्दै मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाको विविध पक्षका अलावा पोखराको औद्योगिक तथा पर्यटकीय सम्भावनाबारे जानकारी दिनुभएको थियो । नेपालको निजी क्षेत्र संयुक्त अरब इमिरेट्सका व्यवसायीहरुसँग सहकार्य गर्न इच्छुक रहेको समेत उहाँले बताउनुभयो ।
मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार सोमबार अन्तर्राष्ट्रिय स्तरका रेस्लिङका खेलाडीहरुले मेलामा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिलाए । यसैगरी ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुति पनि दमदार रह्यो । पाँचौ दिनसम्म करिब ४५ हजार दर्शकले मेलाको अवलोकन र ३ करोड ५० लाख रुपैयाँको कारोवार भएको उहाँले अनुमान लगाउनु भयो ।
यता, मेला अन्तर्गत मंगलबार( मंसिर २८ गते ) लोकदोहोरीतर्फ सर्मिला गुरुङ, जीवन दाहाल, कृष्ण देवकोटा, शिवहरि ढुंगाना, गणेश राना, माया गुरुङ, माया गिरि,ईन्द्रा गुरुङ, बालकृष्ण वाग्ले, प्रेम बस्याल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ भने पपतर्फ मिलन अमात्य, तन्त्र ब्याण्ड र साथमा अन्य कलाकारहरुको प्रस्तुति रहने संघका कोषाध्यक्ष तथा मेला साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जनाउनुभयो । यसैगरी मंगलबार पिसिसिआई गायन ताराको नियमित प्रस्तुति , हाँस्य कलाकार गोविन्दर र मुलाको सागको हाँस्य प्रहसनका साथमा विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता तथा मोर्डन डान्स र हाँस्य प्रस्तुतिहरु समेत समावेश गरिएको छ । यसैगरी मेला स्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निशुल्क नमस्ते प्रिपेड सिम बितरण समेत भइरहेको संघका कार्यसमिति सदस्य नारायणप्रसाद पौडेलले जनाउनुभयो । उहाँका अनुसार ५० रुपैयाँ पैसा भएको सिम कार्ड लिनको लागि नागरिकता वा सवारी चालक अनुमतिपत्रको फोटोकपी, प्रवेश टिकट तथा एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ । यता मेलाको प्रवेश टिकटमा सिजी मोवाइलले प्रायोजन गरेको मोवाइल सेट मंसिर २६ गते आइतबार ६० रुपैयाँ टिकट दरको टिकट नम्बर १०१०९ लाई प्राप्त भएको संघको कार्यसमिति सदस्य प्रेमबहादुर भुजेलले जनाउनुभयो ।
कमेन्ट गर्नुहोस्
