सातौँ बिग आइकनका सम्पूर्ण अडिसन राउण्ड ट्रेड मलको ‘रोयल पोखरा रेस्टुरेन्ट’मा हुने

Share:

रेम बिक
पोखरा, २८ मंसिर । यो पटक बिग आइकनको सम्पूर्ण अडिसन राउण्डहरु पोखरा ट्रेल मलको माथिल्लो तलामा रहेको ‘रोयल पोखरा रेस्टुरेन्ट एण्ड लाउन्ज बार’मा हुने भएको छ । बिग आइकनको सातौँ सँस्करणका सम्पूर्ण अडिसनहरु यो रेस्टुरेन्टमा हुने आयोजक बिग एफएमले जनाएको हो । करिब २५ वटा अडिसन रेस्टुरेन्टमा रहेको हलमा हुनेछ ।

रोयल पोखरा रेस्टुरेन्ट र बिग एफएमबीच यो सम्झौता भएको हो । मंगलबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र रोयल पोखरा रेस्टुरेन्टका अध्यक्ष रुद्र मल्लबीच यो सहमती भएको हो ।

सम्झौतापछि बोल्दै रोयल पोखरा रेस्टुरेन्ट एण्ड लाउन्ज बारका अध्यक्ष रुद्र मल्लले बिग आइकन जस्तो चर्चित गायन प्रतियोगिता आफ्नो रेस्टुरेन्टमा गर्नु निकै खुशीको कुरा भएको बताए । ‘हामी शुरुवातमा रेस्टुरेन्टको प्रचारको क्रममा छौँ । र, बिग आइकन जस्तो राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभाव जमाएको इभेन्टलाई हामीले यहि बेलामा क्यास गर्न पाएका छौँ । उनले भने–‘यो सहमती पछि हाम्रो बजार बिस्तार हुने कुरामा हामी ढुक्क छौँ ।’

त्यस्तै बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले यो रेस्टुरेन्ट अघिल्ला भेन्यूको तुलनामा गायन प्रतियोगीहरुका लागि निकै सहज रहेको बताए । ‘पोखरा ट्रेड मलको माथिल्लो तलामा पुग्नका लागि सम्पूर्ण हिसाबले सुविधायुक्त भएकोले हामीले भेन्यूको रुपमा यसलाई छनौट गरेका हौँ ।’ उनले भने–‘बिग आइकनसँगको व्यवसायिक सहकार्यले दुवै पक्षलाई उत्तिकै फाईदा पनि दिएकै छ ।’ रोयल पोखरा रेस्टुरेन्टसँगको सहकार्य आगामी सँस्करणमा पनि निरन्तर हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

बिग आइकनको सातौं संस्करणका लागि हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ईन एशोसियसन विथमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराही, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: