
पोखरा, २ पुस-
नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले देश भक्त र राष्ट्रवादीको झण्डा एमालेले उठाउने बेला आएको बताएका छन् । एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै सचिव भट्टराईले देशभक्त र राष्ट्रवादी हुँदा मदन भण्डारी र भीमसेन थापाको जस्तो मृत्यु पनि हुन सक्छ । तर त्यो दायित्व एमालेले पुरा गर्ने बताए । नेपाल अहिले निकै जटिल अवस्थामा पुगेको हुदा एमाले नेता कार्यकता जिम्मेवार र परिपक्क भएर चल्न भट्टराईले सम्झाए ।
सचिव भट्टराई भारतबाट व्रिटीस हटे पछि भारतको उत्तरी सिमा हिमालय हो भन्ने जवहरलाल नेहरुको योजना अनुरुप सिक्किमको विलय, भुटानलाई आफ्नो पोल्टामा राखे पछि नेपालमा कचकच गर्दै आएको दृस्टान्त सुनाए । नेपाल सामरिक महत्व रहेको हुदाँ विदेशीले चासो बढेको उनले सुनाए ।चीनलाई तहसनहस पार्न पनि नेपालमा धर्म प्रचारका लागि लगानी हुने गरेको खुलासा गरे । ‘राजा र भारतसँग लडेको वीपी कोइरालाको पार्टी आज प्रधानमन्त्री पदको लोभमा सबै कुरा विर्सेको छ । ’ भट्टराईले थपे युद्धको बेला गरेको संझौताका कारण माओवादी जातिययुद्ध निम्त्याउने खेलमा लागेको छ । यस्तो बेला एमालेले जातिय उन्माद विरुद्ध अर्को जातिय उत्माद नदेखाई वैचारिक एमाले भएर प्रतिवाद गर्न पनि सचिव भट्टराईले निर्देशन दिए ।
मधेश केन्द्रीत दलका नेताले गरीव र पिछडिएका जनताको पक्षमा कुरा नगरी मधेशको नाममा इमोशनल ल्यक मेलिङ गरेको आरोप लगाउँदै युवा नेता भट्टराईले एमालेका मधेशका सांसदहरु दृढतापूर्वक पार्टीको नीति लिएर जनतामा गएको जानकारी दिए । उनले दलहरु बीच देखिएका विवाद जनतामा गएर छिनोफानो गर्न सकिने हुदाँ निर्वाचन घोषणा गर्न माग गरे ।
चुनावले हिसाव किताव गर्ने हुदाँ सबै जनतामा जान पनि भट्टराईले आग्रह गरे । एमाले कास्कीमा अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यकर्ता भेलाको संचालन कार्यालय सचिव बैन बहादुर क्षेत्रीले गरेका थिए ।
