साइबेरियामा ३९ यात्रु बोकेको विमान आपतकालिन अवतरणका क्रममा दुर्घटना, सब यात्रु जीवितै

Share:

मस्को, ४ पुस-
साइबेरियामा सङ्कटकालीन अवतरणको क्रममा सोमबार रसियाली एक विमान दुर्घटनाग्रस्त भएको छ ।
सो विमानमा चालकदलका सदस्यसहित ३९ जना यात्रु रहेका र ती सवै नै जीवितै रहेका छन् । तर ती मध्ये १६ जना भने घाइते भएका रसियाली रक्षा मन्त्रालयलाई उद्र्धृत गर्दै रिया नोभेस्ती समाचार समितिले जानकारी दिएको छ ।
रसियाको दुर पश्चिमी सहर सखामा घाइते सवैलाई उपचारार्थ तिक्सी अस्पतालमा लगिएको छ । आइएल¬–१८ रसियाली विमानमा चालक दलको सात सदस्यसहित ३९ जना व्यक्तिले यात्रा गरिरहेका थिए ।
सो विमान ताक्सी हवाई मैदानदेखि १९ माइल टाढा सोमबार विहान सवेरै सङ्कटकालीन अवतरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: