पोखराका इञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम, २५ जनालाई पछि पारे

Share:

पोखरा, ५ पुस-
विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका छन्।
टाटा मोटर्स  अन्र्तगत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिड्ड प्रालिका मेनेजर  ई .सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत हुनुभएको हो ।
क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गर्नु भएका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम हुनुभएको हो । लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ बन्नु भएको गुरुङले अन्र्तराष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताउनुभयो । मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताउनुभयो ।
पुम्दीभुम्दी गाँउ भई  हाल पोखरा उपमहानगर पालिका वडा नं. ७ एयर पो र्ट  अन्नपुर्ण टोल निवासी बाबा लछिमान गुरुङ र  आमा दुर्गा कुमारी गुरुङको  २८ वर्षि य छोरा ई.गुरुङले ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा  मे कानिकल इञ्जिनिरिड्डमा बीई उतिर्ण गर्नुभई पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिड्ड प्रालिमा कार्यरत रहदै आउनु भएको छ ।
इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदै  १० हजार  रुपै या,  र ाष्ट्रिय प्रतियो गितामा द्धितिय र भारतको  उत्तरखण्ड पञ्चनगर मा गत नोभेम्वर  १५ तारेख सम्पन्न सार्कस्तरीय फेष्ट प्रथम स्थान हासिल गर्नुभएको थियो । पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उहाँले जानकारी दिनुभयो ।
३५ दे शमा रहे का टाटा मोटर्सको  डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियरहरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो । फेष्टहरुले आफुलाई अन्र्तराष्ट्रिय एक्पोजर दिएको बताउनुहुने ई.सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: