कास्कीको बिरेठाँटीमा ट्रेकिङ गएका ताईवाईनी पर्यटकको मृत्यु

Share:

पोखरा, ७ पुस-
दाङसिङ ८ तिखेढुंगा भन्ने स्थानमा पोखराबाट ट्रेकिङको लागि विरेठाटी हुदै अन्नपुर्ण संरक्षण क्षेत्रतर्फ जाने क्रममा एक पर्यटको मृत्यु भएको छ ।

हिँडदा हिँडदै अचानक रिंगटा लागि ताइबाइनी ६१ वर्षिय नागरिक च्याङ हेलेन्ड हिइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पासपोट नम्बर ३१४११५९४८ का उनी लडेर गम्भिर घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा ल्याईएका उनको अस्पतालले मृत घोषणा गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: