पोखरा, ७ साउन / ईसीईसी मन्टेश्वरी प्रि स्कुल पोखरा ११ रानिपौवाको आयोजनामा शिक्षीकाहरुलाई नेत्तृत्व विकास तथा सकारात्मक सोच सम्वन्धि एक दिने तालिम वुधवार सम्पन्न भएको छ ।
तालिमको समापनका प्रमुख अतिथि मन्टेश्वरीका संचालक तथा सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानिले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । साथै आफ्नो क्षमता अभिवृद्धिका लागि आफै जागरुक हुनुपर्ने आवश्यकता औल्याइन् ।
प्रशिक्षक मानव विकास मंच नेपालका अध्यक्ष तथा पत्रकार सुष्मा पौडेलले सकारात्मक सोच विना जिवनमा सफलता प्राप्त गर्न नसकीने हँुदा सफलताका लागि सकारात्मक सोच र वोल्ने कलाको विकास गर्नुपर्ने आवश्यकता औल्याइन् ।
मन्टेश्वरीका संचालक साल्भी वास्तोला मर्सानिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिमका सहभागिहरु इन्दु श्रेष्ठ, विन्दु गुरुङ, सन्जु विक, अनिता कार्की, अन्जु मगर कालिका देवि शिंह, वर्षा राना, शर्मीला गुरुङ,करीश्मा गुरुङ, रुपा श्रेष्ठ, तारा भण्डारी लगायतले तालिम उपलव्धी मुलक रहेको वताउदै तालिममा सिकका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरे । साथै यस्ता तालिमहरु वेलावेलामा आयोजना गर्नुपर्ने आवश्यकता समेत औल्याएका थिए ।
१५ जना शिक्षीकाहरुको सहभागिता रहेको उक्त तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले, सकारात्मक सोच, नेत्तृत्व विकास, वोल्नेकला लगायतका विषयमा प्रशिक्षण दिएकि थिइन् । संचालक तथा निर्देशक साल्भि वास्तोलाले क्षमता अभिवृद्धिका लागि उक्त तालिम राखिएको वताउदै आगामि दिनमा समेत यस्ता तालिमलाई निरन्तरता दिने बताईन् ।
