
पुस ११ गते-
बेलायतको अल्डरसट नजिक भएको कार दुर्घटनामा पनि पोखराका नारानप्रसाद गुरुङको मृत्यु भएको छ । उनी भूपू गोर्खा समेत हुन् ।
दुर्घटनामा परी कारमा सवार उनकी श्रीमती खुशीमाया गुरुङ गम्भीर घाईते भएकी छिन् । उनको सेन्ट जर्ज अस्पताल लन्डनमा उपचार भइरहेको छ ।
आइतबार बिहान करिब ७ बजे ए ३३१ इष्ट बाउण्डमा गुरुङले चलाइरहेको कार अनियन्त्रित भई दुर्घटना भएको थियो ।
स्वं गुरुङ कास्कीको ल्वाङघलेल गाविस १ खोरामुख कास्की निवासी हुन् । उनी छोरा डा. दिनेशगुरुङ, बुहारी दन्त चिकित्सक डा. इला र सासुका साथ बेलायत बस्दै आएका थिए ।
दिवंगत गुरुङ मर्दीखोला समाज यूकेका सक्रिय र आजीवन सदस्य थिए ।
कमेन्ट गर्नुहोस्
