पोखरामा सुरु भयो ल्होसारको रमझम, अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिता सुरु

Share:

पोखरा, १२ पुस-
तमु जातिको नयाँ बर्ष, राष्ट्रिय चाड ल्होछारको अवसरमा तमु धिं नेपालमा सोमवारदेखि तमु धिं नेपाल दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिता २०७३ शुरु भएको छ ।
तमु धिं नेपालको भलिवक कोर्टमा आयोजित प्रतियोगितामा तमु सहयोग समिति पार्दी ए, याङ्जाकोट तमु समाज र तमु सहयोग समिति पार्दी बी विजयी हुदै दोश्रो चरणमा प्रवेश गरेको छ । उद्घाटन खेलमा तमु सहयोग समिति पार्दी ए ले सोपाल तमु समाजलाई २३—२५,२५—२१ र २५—२१ ले, दोश्रो खेलमा याङ्जाकोट तमु समाजले कोल्माबहाकोट तमु समाजलाई २५—२३, १९—२५ र २५—११ र तमु सहयोग समिति पार्दी बी समुहले ब्रेज मेश्रों घान्द्रुक तमु समाजलाई १६—२५, २५—१५ र २५—१५ ले विजयी हुदै दोश्रो चरणमा प्रवेश गरेको हो । पहिलो दिनको अन्तिम खेल चारभञ्ज्याङ तमु समाज पोखरा र खिलाङ तमु समाज पोखरा विचको अत्यन्तै प्रतिस्पर्धात्मक खेल अध्यारोका कारण स्थगित भयो । खेलमा पहिलो सेट खिलाङ तमु समाजले २५—२३ र दोश्रो सेट चारभञ्ज्याङ तमु समाजले २५—२३ कै अंकमा जित हासिल हुदा अन्तिम सेटका लागि प्रकास अभावले खेल स्थगित गरिएको हो ।
मंगलवार विहान साढे ७ बजे चारभञ्ज्याङ तमु समाज र खिलाङ तमु समाज, दोश्रो खेल आँधीखोला तमु समाज र याङ्जाकोट तमु समाज, तेश्रो खेल तनहुँ तमु समाज र पार्दी तमु समाज ए विच हुने खेल संयोजक क्या.बीरबहादुर तमुले जानकारी दिनुभयो ।
यस अघि कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर तमुले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि तमुले युवाहरुलाई खेल मार्फत सामाजिकरण र राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि आयोजना गरिएको प्रतियोगिताको सफलता र ल्होछारको शुभकामना व्यक्त गर्नुभयो । उहाँले अर्कोवर्षदेखि हुने भलिवल प्रतियोगितामा सहभागी समाजहरुलाइृ विशेष सहयोगको व्यवस्था गर्ने बताउनुभयो । ल्होछारको अवसरमा आयोजित प्रतियोगितामा अलिकम सहभागीता रह्यो कि भन्दै उहाँले युवा र समाजलाई प्रोत्साहनका लागि तमु धिंसँग परामर्श गरी केही न केही सहयोग गर्ने बताउनुभयो । तमु धिं र तमु समुदायका लागि आफु सधै समर्पित रहेको उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि फत्तबहादुर तमुले आफ्नोतर्फबाट आयोजक तमु धिं नेपालकी अध्यक्षलाइ २ वटा भलिबल र आफ्नो समाज चारभञ्ज्याङ तमु समाज अध्यक्ष सुमे नारायण तमु र टिम क्याप्टेन शिव घलेलाई एकवटा भलिवल मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।
कार्यक्रम प्रमुख अतिथि तमुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले फेटा, खादा लगाएर सम्मान गर्नुभएको थियो ।
तमु धिं नेपालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रथम उपाध्यक्ष सरस्वती तमुले स्वागत र सहसचिव दुर्गाबहादुर तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
एघार टिमको सहभागीता रहेको प्रतियोगिताकोे विजेताले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने खेल संयोजक क्या.वीरबहादुर तमुले जानकारी दिनुभयो । यसरी नै वेष्ट प्लेयर र अनुशासित टिमले दुई दुई हजार रुपैयासहित पुरस्कृत हुने भएको छ ।

च्ह्य ल्होछार आगमनको अवसरमा सरसफाई
प्र ल्हो(बाँदर वर्ग)को विदाई र च्ह्य ल्हो(चरा वर्ग)को आगमनको अवसरमा तमु धिं नेपालद्धारा आयोजित सप्ताहव्यापी ल्होछार कार्यक्रम अन्र्तगत सोमवार तमु धिं नेपाल परिसर र तमु ह्युलाचोकमा सरसफाई गरिएको छ ।
सामाजिक जागरणका सरसफाई नाराका साथ ल्होछारको अवसरमा तमु धिं नेपालको परिसरमा विभिन्न समाजका सहभागीतामा चारभञ्ज्याङ तमु समाजका अध्यक्ष सुमे.नारायणसिंह तमुको संयोजकत्वमा र पोखरा १७ पार्दी बिरौटास्थित तमु ह्युलाचोकमा तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.चेतबहादुर तमुको संयोजकत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रम अन्र्तगत तमु धिं नेपालमा आयोजित कार्यक्रममा संयोजक सुमे.नारायणसिंह तमु र तमु ह्युलाचोकमा आयोजित कार्यक्रममा संयोजक क्या.तमबहादुर तमुले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: