
पुस १३ गते–
सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पश्चिमाञ्चलका खेलाडीले अर्मादित व्यवहार प्रर्दशन गर्दै रेफ्रिलाइ नै कुटपिट गरेका छन् ।
पूर्वाञ्चलमा जारी प्रतियोगिता अन्तर्गत पुरुष भलिबल खेलका क्रममा पश्चिमाञ्चलका खेलाडीले रेफ्रीलाई कुटेका हुन् ।
रेफ्री विनय राइलाई कोर्टभित्रै कुटपिट गरिएपछि पश्चिमाञ्चलका तीनजना खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।
पूवाञ्चलमै भएको रेफ्री र भलिबल संघको बैठकले पश्चिमाञ्चलका खेलाडीहरु लोकेन्द माझी, राजन थापा र रमेश क्षेत्रीलाई अनुशासन उल्लंघनको कारबाही स्वरुप एक वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस्
