नेपालकै अग्लो पुल नजिक अवैध रुपमा ड्रोन क्यामेरा उडाउने २ विदेशी नागरिक पक्राउ

Share:

पर्वत, १४ पुस-
अबैध रुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई बिदेशी नागरिक पक्राउ परेका छन् ।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकै नेपालकै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकै छेउछाउमा विदेशी नागरिकले ड्रोन क्यामेरा उडाई रहेको भन्ने सुचनाका आधारमा प्रहरीले २ जना बिदेशी नागरीकहरूलाई पक्रउ गरेको हो ।
पक्राउ पर्नेमा स्पेनी नागरीक पासपोर्ट नम्वर पिएडी ४३४३१० भएका डेल्गाडो लजारो र सिंगापुरे नागरीक पासपोर्ट नं. इ ५४५८७६३ सी भएका त्यो जीक्वी लिजाना रहेका छन् । नेपाल ड्रिम ट्राभल एण्ड ट्रेक एजेन्सी मार्फत काभ्रे बाल्टिङ बस्ने २९ वर्षिय नबराज मैनालीको सहयोगमा उनिहरु घुम्ने उद्देश्यका साथ ड्रोन क्यामेरा लिएर आएका थिए । उनिहरुसँग ड्रोन क्यामेरा सञ्चालनको लागि अनुमतिपत्र नलिएका कारण नियन्त्रणमा लिईएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा, ड्रोन क्यामेरा उडान सम्वन्धि अनुमतिपत्र ल्याउनेगरी निजहरुलाई छाडिएको छ भने उक्त क्यामेराहरु थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस्
Share: