आइतबारदेखि पोखरा र काठमाडौंमा टेलिकमको फोर जी, पुरानो सिममा नचल्ने, थ्रिजी भन्दा महंगो

Share:

पुस १४ गते–
नेपाल टेलिकमले आगामी आइतबारदेखि काठमाडौं र पोखरा उपत्यकामा चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी सञ्चालन गर्ने भएको छ ।
टेलिकमले फोरजी सञ्चालनका लागि प्रणाली अद्यावधिक, सफ्टवेयर जडान र परीक्षणलाई तीव्रता दिइरहेको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले तोकिएकै दिनदेखि फोरजी सुरु हुने बताएका छन् ।
टेलिकमले १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा सञ्चालन गर्नेछ । यो ब्यान्डमा रहेको १५ मेगाहर्जमध्ये ५ मेगाहर्ज फ्रिक्वेन्सी फोरजी सञ्चालनका लागि छुट्याइएको छ ।
सेवा सुरु भएकै दिनमा फोरजी सञ्चालनको विधि, फोरजीको महसुल तथा प्याकेजसमेत सार्वजनिक गर्ने टेलिकमको तयारी छ ।
काठमाडौं र पोखराका ३ लाख ग्राहकलाई सुरुवातमा फोरजी सेवा उपलब्ध गराइनेछ । तत्कालका लागि सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस डाटा क्षमताको फोरजी सेवा सञ्चालन गर्ने भएपनि यसको क्षमता विस्तार गर्दै ७५ एमबिपिएससम्म पुर्‍याउने कम्पनीको योजना छ । टेलिकमले पछिल्ला वर्षमा बिक्री गरेको युसिम युनिभर्सल सिममा मात्रै फोरजी चल्ने जनाएको छ । टेलिकमका ग्राहकले आफ्ना पुरानो सिम कम्पनीमा गएर नयाँसँग साट्न सक्नेछन् । यसको महसुलदर तय भैनसकेपनि सेवा सुरु हुने दिनमा घोषणा गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्
Share: