महालक्ष्मीलाई कास्कीमा दुध बेच्न प्रतिबन्ध

Share:

पोखरा, पुष १७, माधब पनेरु ।
कपिलबस्तुमा रहेको महालक्ष्मी डेरीको दुध कास्की जिल्लामा बिक्रि गर्न प्रतिबन्ध लगाइएको छ ।
एक जिल्लामा उत्पादन भएको दुधजन्य पदार्थ अर्को स्थानमा बिक्रिबितरण गर्न नपाईने भएपनि महालक्ष्मीले कास्की जिल्लामा अनाधिकृत रुपमा बिक्रि गरिरहेको भेटिएपछि प्रतिबन्ध लगाईएको हो । कास्की जिल्लामा संयुक्त अनुगमन समीतीले अनुगमन गर्दा लेवल नभएको दुध बिक्रि भैरहेको भेटिएको अनुगमनमा सहभागि पत्रकार यदुनाथ बन्जराले जानकारी दिए । महालक्ष्मीको पोखराको जिरोकिलोमिटरमा रहेको डिपोले कास्कीभरी बिभिन्न २१ स्थानबाट बिक्रि गर्ने गरेकोे थियो ।
गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज कुमार पोखरेल, जिल्ला प्रसासन कार्यालय कास्कीका प्रसाशकीय अधिकृत मोहनबहादुर थापा , घरेलु तथा साना उद्योग कार्यालय, पोखराका प्रमुख बिष्णुहरी गौतम , खाद्य निरिक्षक अनिता पौडेल , पत्रकार यदुनाथ बन्जरा,जिल्ला पशु सेवा कार्यालयका गणेश के.शी , उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोईरालाको अनुगमन समीतीले अनुगमन गरेको थियो ।
कपिलबस्तुमा दर्ता भएको महालक्ष्मीले कास्की जिल्लामा पनि पुनः दर्ता नगरी कास्कीमा कारोबार गर्न नपाउने भएकाले दर्ता नहुँदा सम्ममा बिक्रिमा रोक लगाइएको हो ।
कपिलबस्तुबाट ल्याएको खुला दुधलाई कास्कीका किसानले नै उत्पादन गरेको लोकल दुध भन्दै बिक्रिबितरण गरेपछि स्थानिय किसानहरुले  आफ्नो नाम भजाएर लुट्ने गरेकोमा आक्रोश ब्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
Share: