
पोखरा, १७, पुस-
हेवन म्याट्रेस मिस गण्डकी सिजन तिनको ताज पोखरा रानीपौवाकी १८ वर्षिया ज्योती राईको शिरमा परेको छ । अन्ततः आफ्ना १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधीको ताज आफ्नो पोल्टामा पारेकी हुन् । चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् ।
उपाधीसँगै ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । ज्योतीले हाल प्लस टु मा अध्ययन गर्देछिन् । मिस गण्डकीको बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको प्रतिक्रिया दिईन् । ‘म मेरो लक्ष्य प्राप्तिको लागि एकदमै तम्तयार थिएँ ।’ क्राउन पहिरिएपछि उनले भनिन् ‘लक्ष्य प्राप्तिको लागि मैले गरेको कडा मेहेनतको परिणाम अन्तत मैले पाएकी छु ।’ ज्योतीले आगामी दिनमा आफु सामाजिक उत्तदायित्व हुने खालका क्रियाकलापमा पनि सक्रिय हुने प्रतिबद्धता जनाईन् ।
त्यस्तै प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भईन् । उनले मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधीसँगै सैलताजले पचास हजार रुपैया बराबरको पुरस्कार स्वरुप प्राप्त गरिन् । प्रतियोगितामा श्रृष्टी आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाईटलसँगै भ्युअर च्वाईस र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन् । सेकेन्ड रनरअप श्रृष्टीले उपाधीसँगै पच्चीस हजार रुपैया प्राप्त गरिन् । त्यस्तै थर्ड रनरअप सपना अधिकारीले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् ।
१८ प्रतिस्र्पर्धीहरुबाट प्रथम चरणमा उत्कृष्ट १२ जना, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाईएको थियो ।
रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन तीनमा अन्य विभिन्न २१ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो । मिस गण्डकी सिजन तीनको ग्राण्ड फिनालेको निर्णायकहरुमा बरिष्ठ अन्र्तराष्ट्रिय पाईलट तथा कलाकार बिजय लामा, मिस नेपाल २००० एवं भिजे उषा खड्की, स्वर सुन्दरमणी गायक कर्णदास, प्रमोटर्स नेपालका सिईओ तथा बरिष्ठ सञ्चारकर्मी जीपी तिमल्सिना, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सीपल पम्फा गुरुङ, मदरल्यान्ड उच्च मा.बि.का फाउन्डर डाईरेक्टर त्रिभुवन शर्मा, चर्चित गायक तथा संगितकार बिनोद बानिया, अफिसियल फोटोग्राफर एवं एस.टु. प्रोडक्शनका सञ्चालक सुरज श्रेण्ठ र जीत हाम्रो फाउन्डेशनका निर्देशक राजेश जोशी आदी रहेका थिए ।
कार्यक्रममा नेपाल नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । मिस गण्डकी सिजन एक देखि तेश्रो संस्करण सम्मको प्रमुख प्रशिक्षक तथा कोरियोग्राफरको रुपमा सुरज थापा मगर रहेका थिए । ‘यो ईभेन्टबाट हामीले पोखरामा अझै पनि राम्रा र स्तरीय सुन्दरी प्रतियोगिता हुने गर्दछ र सुन्दरी प्रतियोगिताको क्रेज निकै छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छौँ ।’ कोरियोग्राफर थापाले भने–‘उचित व्यवस्थापन हुने हो भने सुन्दरी प्रतियोगिता शानदार हुन्छ भन्ने हामीले गरेर देखायौँ ।’
त्यस्तै आयोजक संस्था रियल ईभेन्ट म्यानेजमेन्टका निर्देशक सुशिल पोखरेलले मिस गण्डकी सिजन तिन पनि निकै सफल भएको दाबी गरे । ‘यो कार्यक्रम सफल हुनुमा प्रतियोगीहरु, प्रायोजकहरु, आयोजक टिम, मिडिया आदी सबैको भुमिका छ ।’ पोखरेलले भने–‘आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा हाम्रो संस्थाले गरेको छ ।’
कार्यक्रममा स्वर सुन्दरमणी गायक कर्णदास, चर्चित गायक तथा संगितकार बिनोद बानिया, चर्चित गायक तथा संगितकार योगेश काजीको गायन, एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र पोखरा कला केन्द्रको नृत्य प्रस्तुती र हास्य प्रहशन जस्ता प्रस्तुती रहेका थिए ।
तेश्रो संस्करणको हेवन म्याट्रेस मिस गण्डकीको कार्यक्रममा हेवन म्याट्रेसले टाईटल प्रायोजन, एसियन कन्टिनेन्टल ट्रेडिङ्ग ललितपुरले मुख्य प्रायोजन, ग्लोबल मोटर्स प्रा.लि.ले सह–प्रायोजन, पोखरा, फाडु ग्रुप काठमाण्डौं, जय बजरंङ्गबली डिस्ट्रीब्युशन प्रा.लि. युमे जापानिज ल्याङ्गव्येज, ट्रस्ट एजुकेशनल एकेडेमी, द कुटी रिसोर्ट, गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रा.ली., दि फुलबारी रिसोर्ट एण्ड स्पा, परिचय एड्भटाइजिङ्ग, आई.एफ.सी. फेशन कलेज, होटल रिदम प्यालेस, रत्न इम्पोरियम, एल.के. ईलेक्ट्रो सप्लायर्स, म्याट्रेस वल्र्ड, खुस्बु कलेक्शन, रोयल पोखरा रेस्ट्रो एण्ड लन्च बार, के एण्ड पी ट्रेडर्स, ईभा ट्रेडर्स, स्टेशन द फुड ब्लब गैह्रापाटन, पोखरा होम डेकोर, कम्पिलीट गार्डेन, मेलोडी क्याफे एण्ड लन्च बार, फेवा टेलिभिजन, एस.टु. प्रोडक्शन, ठिकठाक डटकम आदीले कार्यक्रम सम्पन्न पार्न सहयोग गरेका थिए ।
करिब ४ घण्टा सम्म चलेको उक्त कार्यक्रमक सञ्चारकर्मी इनिशा दुरामगर र यकिन गुरुङले सञ्चालन गरेका थिए ।
