
पुस १८ गते–
पोखरालाई मुख्य आधारक्षेत्र बनाएर अनलाइन सपिङ सेवा सुरु भएको छ । अब पोखरा र यस आसपासका सर्वसाधारणहरुले घरमै बसिबसी अनलाइन मार्फत् आफूले चाहेको वस्तु खरिद गर्न सक्नेछन् ।
पोखरा र वरिपरिका ग्राहकहरुको लागि कम्पनिले सबैखाले खरिदमा निःशुल्क ढुवानीको समेत व्यवस्था गरेको छ । यसअघि पोखरामा अनलाइन सेवामार्फत सर्वसाधारणले सेवा पाएपनि त्यस्ता अनलाइनहरुको मुख्य आधारक्षेत्र काठमाडौं हुँदा पोखरा र यस वरपरका ग्राहकहरुले ढुवानी शुल्कवापत चर्को मुल्य तिर्नुपर्ने बाध्यता थियो ।
अँग्रेजी नयाँ वर्षको सुरुवातसँगै सुरु गरिएको यस अनलाइन मार्फत खरिदकर्ताले आफूले चाहेको वस्तु घरमै बसेर किन्न सक्नेछन् भने अनलाइन सुरुको उपलक्ष्यमा ग्राहकहरुलाई विभिन्न छुट र उपहारहरुसमेत दिइएको छ ।
२४ सै घण्टा अनलाइन सर्भिस रहेको अनलाइन साइटबाट ग्राहकहरुले विभिन्न इलेक्ट्रोनिक, फेन्सी लगायत दैनिक घरायसी सामानहरुसमेत खरिद गर्न सक्नेछन् । jpanixa.com (जे पनि छ डटकम) नामक वेवसाइटबाट घरमै बसिबसि सपिङ गर्न सकिनेछ ।
