
पुस २१ गते-
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बिहीबार बर्खास्त गरेको छ ।
ज्ञवालीले स्पष्टिकरण बुुझाएको भोलीपल्टै उनको स्पष्टीकरण चित्त नबुझेको भन्दै बिहान बसेको मन्त्रीपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेपनि उनले हिजोमात्रै १२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।
ज्ञवालीले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्ने आधार नै नभएको बताउँदै आएका छन् ।
सरकारले अर्को सीईओ आजै नियुक्त गर्ने जनाएको छ ।
सरकारले १० पुस २०७२ मा ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।
कमेन्ट गर्नुहोस्
