
पोखरा १ माघ-
पोखराको ढुङ्गसाँघुमा पनि माघेसंक्रान्तीको अवसरमा आज मेला लागेको छ ।
ढुंगेसाघु, सितापाईलामा रहेको सदाशिबजी हरिहर मन्दिरको आयोजनामा सुरु भएको मेलामा आज विभिन्न कार्यक्रम हुँदैछन् । मेलाको सोही स्थानमा रहेका आमा समूह, टोलविकास संस्था लगायतले व्यवस्थापन गरेका छन् ।
मेलाका सूचना तथा सुरक्षा उपसमितिका संयोजक नरेन्द्र गिरिले माघे संक्रान्तीको दिन अर्थात् माघ एक गते मात्र लाग्ने मेलामा यसपाली भने केही नयाँपन ल्याइएको बताए । कृषि औजार तथा तरुल, सखरखण्ड, बदाम लगायत अन्य बिभिन्न प्रकारका बस्तुहरुको ब्यापारीक स्टलहरु, खानाका परिकार मेलामा व्यवस्थित तरिकाले राखिएको छ ।
मेलामै मेलास्थल र सो क्षेत्रको कृषि उत्पादन तथा पर्यटकिय स्थलहरुको बारेमा जानकारी समेटीएको गित पनि सार्वजनिक गरिनेछ । यो बर्ष अल्ट्रालाईटबाट मेला भर्न आएका दर्शनार्थीहरुलाई पुष्पबृष्ट्रि गराई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
मेला अबधिभर स्थानीय सितापाईला आमा समूहले मेलामा आउने दर्शनार्थीहरुलाई निःशुल्क खुदो र सख्खरको व्यवस्था गरेको छ ।
मेलामा हरेक बर्ष जस्तै यो बर्षपनि कराँते प्रतियोगिता, लोकदोहोरी कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछन् ।
