
माघ १ गते-
काठमाडौंमा गाडीभित्रै ४ करोड रुपैयाँ नगद भेटिएको छ । रकमसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको बा १ य १२३२ नम्बरको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको हो ।
प्रहरीले गएराती नागढुंगाबाट गाडीसहित रकम र चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १८ हजार युरो र केही अष्ट्रेलियन डलर भेटिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
