कास्की जिल्ला आईस हक्की संघ गठन

Share:

पोखरा १०, साउन / कास्की जिल्ला आईस हक्की संघ गठन भएको छ । बिद्या मस्र्यानीको अध्यक्षतामा एघार सदस्यीय कास्की जिल्ला आईस हक्की संघ गठन भएको हो ।

नेपाल आईस हक्की संघका केन्द्रीय अध्यक्ष लोक बहादुर शाहि सहितको संघको केन्द्रीय प्रतिनिधिहरुको एक टोली सहित शनिबार पोखरामा आयोजना भएको एक भेलाले उक्त संघको गठन भएकोे हो ।

संघ कास्कीको उपाध्यक्ष द्धय सुर्य प्रसाद श्रेष्ठ र धनबहादुर गुरुङ, सचिवमा पुनम गुरुङ, कोषाध्यक्ष विजय गुरुङ सदस्यहरुमा अस्वीन अधिकारी, अरुदक्त, क्याप्टेन रामप्रसाद गुरुङ, शेरबहादुर गुरुङ, राम अधिकारी र दिननाथ बराल रहेका छन ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शाहिले जिल्ला संघका अध्यक्ष मस्र्यानीलाई संघको झण्डा सहित डकुमेन्ट समेत हस्तान्तरण गरेका थिए । संघका केन्द्रीय अध्यक्ष लोक बहादुर शाहिले राखेपमा १ सय ४२ औं खेल संघको रुपमा दर्ता भए पनि केहि बर्ष भित्र खेल गति विधिलाई बढाउने बताए ।

वर्तमान अबस्थामा अन्तर्राष्ट्रिय आइस हक्की महामसंघमा विश्वका ७२ राष्टहरु आवद भएकाछन भने १६ वटा एसियाली राष्टमा यो खेल संचालन भएको उनले जनाए । हिमालै हिमालको देश नेपालमा यस खेलको प्रचुर सम्भावना देखेर आफुहरु यस खेलको विकास तथा विस्तार गर्ने अभियानमा शाखा विस्तार गर्ने क्रममा इलाम हुदै पोखरा आएको शाहिले जनाए । यो खेल हिउँमा हक्की खेलिन्छ भने यसमा गोल र रक्षक सहित ६÷६ जना खेलाडी विच खेलिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: