
पोखरा, १६ माघ-
पोखराको न्यूरोडमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । शनिवार राती सवा ८ बजे बसले ठक्कर दिदा गम्भिर घाइते धापा ४ जुम्लाका १८ बर्षीय रत्न प्रसाद आचार्यको उपचारको क्रममा ज्यान गएको हो ।
चिप्लेढुङ्गाबाट सभागृहचोक तर्फ जादै गरेको साइकललाई विपरित दिशाबाट आउदै गरेको ना ५ ख ३४६ नम्बरको बसले ठक्कर दिदा आचार्यको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । बसको ठक्करबाट गम्भिर घाइते उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा ज्यान गएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैविच लेखनाथमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार दुई वालक घाइते भएका छन् । एक जनाको अबस्था गम्भिर छ । पोखराबाट दमौलीतर्फ जादै गरेको बा ७५ प ४९९६ नम्बरको मोटरसाइकलले लेखनाथ १ भण्डारढिकमा आइतवार मध्यान्ह पौने १२ बजे साईकललाई ठक्कर दिदा लेखनाथ १ का १२ बर्षीय मनोज तामाङ र १३ बर्षीय पुष्प तामाङ घाईते भएका हुन् ।
घाइते मध्ये पुष्पको अबस्था गम्भिर छ । मोटरसाइकल चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका ९ का २० बर्षीय सचिन्द्र कार्की पनि घाइते भएका छन् । उनको अबस्था समान्य छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
