पोखरा सोलार कार काठमाडौंको क्यान इन्फोटेकमा सबैको नजरमा

Share:

काठमाडौ, १७ माघ-
काठमाडौमा सञ्चालन भएको क्यान इन्फोटेक मेलामा सबैको नजरमा परेको छ– सोलारबाट चल्ने कार। सोलार र बिजुली दुबैबाट चल्ने भएकाले यसको नाम ‘सोलार हाइब्रिड’ कार राखिएको छ।  पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ८ जना विद्यार्थीहरुले प्रोजेक्ट वर्कका लागि तयार पारेको कार हो यो ।

सो क्याम्पसका विद्यार्थीहरु कृष्ण तिमिल्सिना, प्रयास रिमाल, सुमित ढकाल, दिपेश कार्की, खगेन्द्र कार्की, सौगात कोइराला, सागर अधिकारी र राजन खनालले संयुक्त रुपमा यो कार बनाएका हुन् । केही समय पहिले यो कार पोखरमा प्रर्दशन भएको थियो ।

करिव ४/५ घण्टामा यो कारलाई बिजुलीबाट फुल चार्ज गर्न सकिन्छ। फुल चार्ज भइसकेपछि करिब १८० किलोमिटर गुड्ने कार बनाउनेमध्येका एक कृष्ण तिमिल्सिनाले जानकारी दिए। ‘यो कार चलाउँदै गर्दा र पार्किङमा राख्दा पनि सोलार प्यानलबाट आफै चार्ज हुने भएकाले बिजुलीको मात्र भर पर्नु पनि पर्दैन’ तिमिल्सिनाले बताए।

यो बनाउन ति विद्यार्थीहलाई करिब १ वर्ष समय लाग्यो । त्यस्तै करिव ३ लाख खर्च लागेको विद्यार्थीहरुले जानकारी दिए । कार बनाउँदा लागेको सम्पूर्ण खर्च विद्यार्थी आफैले व्यहोरेका हुन् । कार ३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने तिमिल्सिनाले बताए ।

 यसलाई काठमाडौं, पोखरा, चितवन लगायत तराइको सबै ठाउँमा चलाउन सकिने विद्यार्थीको भनाई छ । क्यान इन्फोटको प्रर्दशनीमा कार राख्दा कलाकारहरु पनि आएर प्रोत्साहन गरे । सौगात मल्ल, दयाह्याङ राइ, दिपकराज गिरी, दिपाश्री निरौला फुटबलर रबिन श्रेष्ठ लगायतले निकै चाख देखाएर अवलोकन तथा सवार गरेको विद्यार्थीले बताए । वातावरण प्रदुषण कम गर्ने, पेट्रोलियम पदार्थ नचाहिने यो कार नेपालको लागि निकै उपयुक्त भए पनि यसको विकासको लागि कुनै निकायले सहयोग नगरेको विद्यार्थीको गुनासो छ ।’
कमेन्ट गर्नुहोस्
Share: