आन्दोलनका कारण दुई महिनादेखि बन्द गण्डकी मेडिकल कलेज सञ्चालनमा

Share:

पोखरा, २१ माघ-
आन्दोलनका कारण करिब देखि दुई महिनादेखि बन्द रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) सञ्चालनमा आएको छ । प्राध्यापक–चिकित्सकले विभिन्न माग राखेर गरेको आन्दोलन चारबुँदे सहमति पछि सञ्चालनमा आएको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोषकुमार खनालले चारबुँदे सहमतिपछि मेडिकल कलेज र अस्पताल सञ्चालनमा आएको बताए । उनका अनुसार करार नवीकरण नभएका दुईजना चिकित्सकलाई पुर्नबहाली गर्ने वा नगर्ने भन्ने बारेमा अध्ययन गर्न एउटा अध्ययन टिम गठन गर्ने, तलब बृद्धि लगाएतका माग पूरा भएको पछि सञ्चालनमा आएको बताए ।

आन्दोलनरत पक्ष र व्यवस्थापनबीच भएको चारबुँदे सहमति पछि सञ्चालनमा आएको संघर्ष समितिका सचिव डा। तारा कोइरालाले बताए । उनले व्यवस्थापनसँगको सहमतिपछि मेडिकल कलेजको पठनपाठन र उपचारका सबै सञ्चालनमा आएको बताए ।

प्राध्यापक–चिकित्सकले चार सूत्रीय माग राखेर करिब दुई महिनादेखि आन्दोलन गरिरहेका थिए । आन्दोलनले एमबीबीएस अध्ययनरत विद्यार्थीको पठनपाठन ठप्प थियो भने बिरामीले उपचार पाएका थिएनन् । आन्दोलनका कारण चिकित्सकले बिरामी परीक्षण गर्न छाडेका थिए । बारम्बारको वार्तापछि बल्ल सहमति जुट्न सकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: