सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा टप नाईन मंगलबार छानिने, भोटिङ गर्ने क्रम जारी

Share:

बिग न्युज पोखरा, १२ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम, बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीबाट मंगलबार एक जना बाहिरिने भएका छन् । आईतबार टप टेन प्रतिष्पर्धीले आफ्नो प्रस्तुति राखेका थिए । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अनुसार आईतबारको प्रस्तुतिका आधारमा एक जना बाहिरिएर टप नाईन बाँकी रहनेछन् ।

स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा मंगलबार अपरान्ह तीन बजेपछि बाँकी नौ प्रतिष्पर्धीले टप एटमा स्थान बनाउन आफ्ना प्रस्तुति राख्नेछन् । ‘आईतबारको प्रस्तुतिका आधारमा निर्णायक र श्रोताको भोटिङ निर्णयबाट एक जना बाहिरिनेछन् ।’ एफएममा कार्यक्रम संयोजक सञ्जोक बस्यालले भने ‘त्यसपछि टप एटमा स्थान बनाउन बाँकी नौ ले आफ्नो प्रस्तुति राख्नेछन् । अर्को चरणमा फेरि अर्को एक जना बाहिरिएर टप एट रहनेछन् ।’

आफूलाई मन परेका प्रतियोगिलाई मंगलबार दिउँसो ३ बजेसम्म भोट गर्न सकिनेछ । टप टेनमा परेका जेनिता राईका लागि बिग स्पेश जेड आर, अनिल बिकका बिग स्पेश एबी, ल्हामो डोल्करलाई भोट गर्न बिग स्पेश एलडी, राम लिम्बुका लागि बिग स्पेश आरएल, सन्दिप ढुंगानाका लागि बिग स्पेश एसडी, सरिता अधिकारीलाई जिताउन बिग स्पेश एसए, राजिव परियारका लागि बिग स्पेश आरपी, सम्राट गायकलाई भोट गर्न बिग स्पेश एसजी, दीपेश भट्टचनका लागि बिग स्पेश डिबी र कुन्साङ गुरुङलाई भोट गर्न बिग स्पेश के जी टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।

टप फोरसम्मको छनौट यहि प्रक्रियाबाट हुनेछ । प्रतियोगिीको प्रस्तुति पछि निर्णायक र भोटिङका आधारमा अर्को चरणको प्रस्तुतिको दिन एक जना बाहिरिनेछन् । विभिन्न ५० जिल्लाका ८ सय ९० जनामध्ये टप टेन छनौट भएका हुन् ।

संगीत राउण्डको शुरुवातसंगै आयोजकले प्रतिस्पर्धीहरुलाई अडिसनको अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले बिग आईकनसंग सहकार्य गरेको यो लगातार चौथो पटक हो । यस्तै, प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सह प्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार, सहप्रायोजकमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनर सिटी डेभलपमेन्ट बैंक, रेस्टुरेन्ट पार्टनर स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार, होटल पार्टनर होटल बाराहि, ईन्टरनेट पार्टनर पोखरा ईन्टरनेट (पि–आईनेट), टिकट तथा टुर पार्टनरमा एम वे टुर्स एण्ड ट्राभल्स प्रालि, बजार पार्टनर नाईन्टी नाईन बिग बजार, साउण्ड पार्टनर एस.के साउण्ड सिष्टम तथा मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: