सातौँ बिग आइकन : तेस्रो चरणमा ७७ प्रतिस्पर्धी छनौट

Share:

रेम बिक
पोखरा, २१ माघ । सातौँ सँस्करणको बिग आइकन अन्तरगत ७७ जना प्रतिस्पर्धीहरु तेस्रो चरणका लागि प्रवेश पाएका छन् । पहिलो चरणको अडिसनबाट छानिएका १ सय १९ प्रतिस्पर्धीमध्येबाट उनीहरु दोस्रो चरणको अडिसन पास भएर तेस्रो चरणको अडिसनका लागि छनौट भएका हुन् ।

दोस्रो चरणको अडिसन दुई दिनसम्म चलेको थियो । दोस्रो चरणको अडिसनको पहिलो दिन ५७ र दोस्रो दिन २० जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणका लागि ‘पहेँलो कार्ड’ प्राप्त गरेका थिए ।

यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । तेस्रो चरणको अडिसनका आगामी आईतबार हुने आयोजक बिग एफएमले जनाएको छ ।

big icon‘बिग आइकनको यो पटकको सिजनमा निकै राम्रा प्रतिस्पर्धीहरु आएका छन् । अघिल्ला चरणमा प्रतिस्पर्धा अझै बढि पेचिलो बन्दै जानेछ ।’ निर्णायक श्यामसुङ तामाङले भने–‘दुई चरणको अडिसनमा हामीले त्यति कडाई नगरेपनि आगामी चरणमा भने निर्णयमा कुनै कम्प्रोमाइज हुनेछैन ।’

करिब २ महिनासम्म चल्ने यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।

twins

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज  बार,  विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर : निशद श्रेष्ठ/जक्शन डटकम

कमेन्ट गर्नुहोस्
Share: