
पर्सा, २३ माघ-
वीरगन्जको नारायणी अस्पतालबाट शुक्रबार चोरी भएको नवजात शिशु पर्साको बेलवा गाविस–९ भेटिएको छ । नवजात शिशु चोरी गर्ने पर्सा सिक्टाकी लालसादेवी शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिशु चोरी गर्ने लासलदेवी शाहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेपनि बच्चाले तीन दिनदेखि आमाको दूध खान नपाएकोले बच्चाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
शुक्रबार वीरगञ्ज छपकैयाका मुकेश पासवानको बच्चा जन्मिएको तीन घण्टामै चोरी भएको थियो ।
कमेन्ट गर्नुहोस्
