ओलीलाई मुुख सम्हालेर बोल्न वाइसिएलको चेतावनी

Share:

पोखरा, २३ माघ-
वाइसिएल नेपालका संगठन विभाग प्रमुख एवं पुर्व महासचिव रामप्रसाद सापकोटा दिपशिखाले एमाले अध्यक्ष केपी ओली राष्ट्रबादी नभएर अतिवादी भएको बताएका छन् । पोखरामा भएको एक कार्यक्रममा दिपशिखाले ओलीले बोल्ने बाहेक अरु राष्ट्रको लागि केही काम नगरेको भन्दै केही दिन अगाडि ओलीले वाइसिएललाई लगाएको आरोपबारे मुख सम्हालेर बोल्न चेतावनी दिए ।

कुनै अर्थमा ओली राष्ट्रवादी नभएको भन्दै उनले महाकाली नदि बेच्ने ओली कुनै पनि हालतमा राष्ट्रबादी हुनै नसक्ने बताए ।

स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुदा ओलीले ल्याएको प्रस्ताव प्रचण्डले ल्याउदा राष्ट्रघात भए प्रस्ताव गर्ने ओली महाराष्टघाती भएको उनको आरोप थियो ।

उनले केपी ओली र सिके राउत उस्तै भएको भन्दै केपी ओली कालो बर्णकालाई भारतीय देख्ने र पहाडीयालाई शत्रु देख्ने सिके राउत उस्तै भएको बताए । देशमा गणतन्त्र, धर्म निरेपेक्षता ,सघियता धरापमा पार्ने षणयन्त्र भइरहेको भन्दै उनले वाइसियल २०६४÷६५ को भन्दा बढि आक्रमक भएर उत्रने ठोकुवा गरे । अब वाइसिएल उठे देशको कुनै तागतले रोक्न नसक्ने बताए

कमेन्ट गर्नुहोस्
Share: