नेपालको विकासका लागि विद्यमान सार्वजनिक बिदा कटौती आवश्यकः प्रधानमन्त्री प्रचण्ड

Share:

माघ २६, काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विकास र समृद्धिका लागि विद्यमान बिदामा पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । ६७औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले बिदा कटौति आवश्यक रहेको बताउनु भएको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीकहाँ धेरै क्रान्तिभए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मान पनि गर्नु छ । तर, बिदाथपिँदै गएर विकास र समृद्धिका काममा बाधापुग्ने अवस्था पनि त्यत्तिकै छ । त्यसैले हामीले कुनदिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमामान्ने भनेर सोच्नैपर्ने भएको छ । बिदाथप्ने होइन, कटौतिगर्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राज्यद्धारा आयोजित कार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिता कमजोर हुने र जीवन्त नहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँग जनताको सहभागिता सुनिश्चितगर्ने गरी जीवन्त कार्यक्रम बनाउन आग्रह गर्नुभयो । बैठकमा उपप्रधानतथा गृहमन्त्रीबिमलेन्द्र निधि, उपप्रधानतथा अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।

६७औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फाल्गुण ६, ७ र ८ गते प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने, त्यसका लागि विभिन्न उपसमितिहरु बनाउने र जिल्लास्तरमा समेत कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: