
माघ २८ गते-
अमेरिकाले बर्षेनी विभिन्न देशहरुमा खोल्ने डिभी चिठ्ठा बन्द गर्ने तयारी गरेको छ । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएसँगै अब डिभी चिठ्ठा बन्द हुने लगभग भएको हो ।
बाराक ओबामापछिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीतिका अनुसार रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । यो विधेयक पास भएमा धेरै नेपालीहरु समेत प्रभावित हुनेछन् । विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । यो कार्यक्रम अन्तर्गत हरेक वर्ष ५० हजार मानिस अमेरिका पुग्ने गरेका थिए ।
यो विधेयकबारे सदनमा छलफलपछि मात्रै निर्णय हुनेछ ।
कमेन्ट गर्नुहोस्
