
माघ २९ गते-
गायक जिवेश गुरुङको नयाँ देशप्रेमी गीत ‘भुमी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक गुरुङकै रहेको छ भने एरेन्ज दिनेश श्रेष्ठ र गीतारमा प्रथाक आचार्यले साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोमा गायक आफैं पनि देखिएका छन् । साथमा मिस नेवा समेत ताज पहिरिएकी संचारकर्मी सुनिता डंगोलको अभिनय रहेको छ ।
गायक जिवेश पोखरास्थित बिग एफ एमका पूर्व कार्यक्रम प्रस्तोता हुन् । उनले संचालन गरेको ‘डबल एम– म्युजिक एण्ड मस्ती’ उनको हिट कार्यक्रम हो । उनले निर्देशन र अभिनय गरेको ‘एउटा कथा यस्तो पनि’ रेडियो नाटक पश्चिमाञ्चलमा हिट थियो ।
चर्चित गायन प्रतियोगिता बिग अाइकनका ३ श्रृंखलामा प्रडक्सन हेडको रुपमा कार्य गरेका जिबेश हाल काठमाडौँमा रहेर मिडिया कर्म गरिरहेका छन् ।
