नेपाल-युके विद्यालय भगिनी सम्बन्ध गाँसिदै

Share:

पोखरा, ३ फागुन-
नेपालको ग्रामीण भेकको शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील पाहार ट्रष्ट नेपालले नेपाल र युकेका विद्यालय विच भगिनी सम्बन्धका लागि विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । पोखरामा सोमवार दुई देशका विद्यालयहरु विच भगिनी सम्बन्धका बारेमा युकेकी बिशेष प्रशिक्षक कृसीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षणको क्रममा दुई देशका विद्यालयहरु विचको भगिनी सम्बन्धको आवाश्यकता, महत्व र दीगोपनाको विविध पक्षमा उहाँले प्रशिक्षित गराउनुभएको थियो । उहाँले नेपालका विद्यालयहरुलाई युकेका विद्यालयहरुसँग भगिनी सम्बन्ध स्थापित गर्नका लागि आफ्नो तर्फबाट पाहार ट्रष्टमार्फत सहयोग हुने तालिामै अवसरमा बताउनुभएको थियो ।

तालिममा सहभागी पाहार ट्रष्टसँग सम्बन्धित १५ विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका शिक्षक प्रतिनीधिहरुले विकसित र अल्पविकसित मुलुकको विद्यालयमा पठनपाठनको प्रविधी, शैक्षिक सामग्रीको प्रयोग, सिकाई प्रकृयाको आदान प्रदान, युकेका विद्यालयबाट नेपालका विद्यालयका लागि आर्थिक, भौतिक सहयोगको अपेक्षा गरेका थिए ।

पाहार ट्रष्टका महासचिव विजुली बहादुर गुरुङको अध्यक्षता र अजित गुरुङले सञ्चालन गर्नुभएको भएको तालिमको उद्घाटन कार्यक्रमका गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले उद्घाटन गर्नुहुदै पाहार ट्रष्ट नेपालले उदाहरणीय कार्य गरिरहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले गैरसरकारी संस्थाहरुले राज्य पुग्न नसकेको ठाँउमा राज्यको प्रतिनीधिको रुपमा काम गर्ने दायित्वलाई पाहार ट्रष्टले जिम्मेवारीपुर्वक बहन गरेको भन्दै प्रसंसा गर्नुभयो ।

पाहार ट्रष्ट नेपालद्धारा तालिमकै क्रममा आइतवार शिक्षण विधी र कक्षा कोठा कस्तो आवाश्यक हुन्छ भन्ने बारेमा प्रशिक्षीत गराइएको थियो भने मंगलवार १५ विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकालाई मन्टेश्वरी शिक्षाका बारेमा प्रशिक्षक कृसीले प्रशिक्षित गराउने कार्यक्रम रहेको महासचिव विजुलीबहादुर गुरुङले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: