स्थगित भएको पत्रकार महासंघ कास्कीको अधिवेशन फागुन ५ र ६ गते हुने

Share:

फागुन ४ गते-
स्थगित भएको नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन फागुन ५ र ६ गते हुने भएको छ ।  महासंघको बुधवार बसेको बैठकले यसअघि फागुन ३ मा हुन नसकेपछि स्थगित अधिवेशन फेरी गर्ने निर्णय गरेको हो ।

५ गते दिउँसो १ बजेपछि उद्घाटन सत्र सुरु हुने र सोहि दिन उम्मेदवारको मनोनयन दर्ता हुनेछ । शुक्रबार बिहान ७ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान सुरु हुने महासंघका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

प्रेस युनियनले अन्य जिल्लाको सदस्यता विवादलाई लिएर अवरोध गरेपछि मंगलवार अधिवेशन स्थगित भएको थियो ।

कास्कीमा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनको प्यानलबाट अध्यक्षमा चौतारीका दिपेन्द्र श्रेष्ठ र युनियन तथा स्वतन्त्र पत्रकार महासंघको प्यानलबाट युनियनका रमेश पौडेल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: