
पोखरा, ७ फागुन
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी मोवाइल एक्सपोमा शनिवार २० हजार दर्शकले अवलोकन गरेका छन । क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपोको तेश्रो दिन सम्म आइपुग्दा १ करोड बरावरको मोवाइल बिक्री वितरण भएको मोवाइल बितरक संघ पोखराका अध्यक्ष शिवराज पहारीले जानकारी दिए ।
मोवाइल एक्सपोमा नया मोडेलका मोवाइल, फोरजी इन्टरनेट चल्ने मोवाइल सेट र ब्याट्री टिकाउने खालको मोवाइलमा ग्राहकको भीड लाग्ने गरेको छ ।
मेलामा राखिएको विश्वविख्यात विभिन्न १९ ब्राण्डका मोवाइलहरुमध्ये लेनोभो के फाइभ नोट, हुवावे जीआरएस २०१७, लाभा ए थ«ी, इन्फोकस एम सिक्स एटी, ओप्पो एफ फिप्टीन ओ, सोनी एक्सपेरिया एक्स टु, जेन कल्ट टेन, एम आइ एस एसप्लस, जीओनी एस सिक्स एस, वन प्लस थ्री टी, माइक्रोम्याक्स, एट फोर फाइभ थ्री, जेड टि इ एक्सोन इलाइट, सिजी ब्लाजा फोर जी, लागो टी टेन, कलर्स प्रो टर्च, रेन्ट जव र जम्बो बढी ब्याट्री टिक्ने मोवाइल र सामसुङ सि एसको बुकिङ वढी मात्रामा भएको अध्यक्ष पहारीले जानकारी दिए ।
मोवाइल एक्सपोमा प्रत्येक दिन मोवाइल खरिदकर्ताहरु मध्येबाट तीन जनालाई लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक पुरस्कार प्रदान गर्नुका साथै सो अवधिभर मोवाइल खरिदमा ब्राण्ड हेरी ५ देखि ५० प्रतिशत सम्म छुट प्रदान गरिने नेपाल मोवाइल वितरक संघ पोखराका सचिव जीवन ढुंगानाले जानकारी दिए ।
मेलामा एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको छ । पोखरा र यस आइतबार सम्म सञ्चालन हुने मेलामा प्रत्येक दिन चर्चित कलाकारहरुद्धारा लाइभ कन्सर्ट बाट दर्शकहरुलाई मनोरन्जन प्रदान गरिने आयोजकले जनाएको छ ।
