
पोखरा, ८ फागुन-
कास्कीको विरेठाँटीस्थित विरेठाँटी माध्यमिक विद्यालयमा खेलमैदान तथा प्यारापिट निर्माण गरिएको छ । विद्यालयमा अध्ययनरत पुर्व विद्यार्थीहरु एवं शिक्षक तथा विभिन्न खेलकर्मी एवं विरेठाँटीबासीको सहयोगमा विद्यालय प्रागंणमा प्यारापिट निर्माण गरिएको हो । प्यारापिट निर्माणले खेल मैदान संरक्षणसँगै गाविसस्तरीय भलिबल प्रतियोगिता गर्न सहज हुने छ । दाङसिङ गाविसमा रहेको उक्त विद्यालयमा विशेष गरी फागुन पूर्णिमाको दिन भलिबल प्रतियोगिता हुने गरेको छ ।
विदेशमा रहेका पुर्व विद्यार्थीहरुद्वारा प्यारापिट निर्माणमा तीन लाख ३६ हजार पाँचसय ५० रुपैयाँ सहयोग गरेका थिए । बेलयातमा रहेका पुश्कल श्रेष्ठले ३४ हजार ७५०, पदम गुरुङ ३४ हजार ७५०, शुक्रराज श्रेष्ठले ३५ हजार, दाङसिङका राजबहादुर गुरुङले २० हजार ८५०, कर्ण थकाली गौचनले ५० हजार, कमल भट्टचनले ३४ हजार ७५०, हर्क गुरुङले ५० हजार, निर्मल भट्टचनले ४१ हजार ७००, प्रकाश शेरचनले ३४ हजार ७५० रुपैयाँ सहयोग गरेका थिए । शुशिलकुमार भट्टचन विरेठाँटीले १५ हजार रुपैयाँ, बुद्धिबहादुर गुरुङ घान्द्रुकले १० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
झण्डै ३५ लाखको लागतमा खेल मैदानसहित प्यारापिट निर्माण गरिएको निर्माण समितिका संयोजक खगेन्द्र गौचनले जानकारी दिए । प्यारापिट निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । दाङसिङ हङकङ समाजले १ लाख, हङकङमा रहेका हेमन गुरुङले १ लाख, विरेठाँटी होटल समितिले १ लाख, दाङसिङ ५ का स्थानीय बासिन्दाले श्रमदान गरेका थिए । रामघाई तिखेढुंगा होटल समितिले १५ हजार, दाङसिङ गाविसबाट ३ लाख ८५ हजार, एक्याप घान्द्रुकबाट विशेष सहयोग आएको संयोजक गौचनले बताए ।
यसैगरी हिरा घमालले १५हजार ८५५, रुद्र घमालले १५ हजार १३०, प्रकाश घमालले १५ हजार १३०, काजीमान गुरुङ घान्द्रुक हाल सुनधारा काठमाडौंले १५ हजार, नयाँपुल—विरेठाँटी —घान्द्रुक—तिखेढुंगा जीप समितिबाट १५ हजार, पदमबहादुर क्षत्रीबाट १० हजार, शुशिल भट्टचन नौडाडाँबाट १० हजार रुपैयाँ, पोखरा उपमहानगरपालिकाका बरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्माको टोलीले २७ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो ।
संकलित सहयोग रकमबाट ३४ मिटर लम्बाईको प्यारापिट निर्माण गरिएको छ । सात खुडकिलो(स्टेप) को प्यारापिटमा झण्डै ५ सय दर्शक अटाउँछन् । निर्माण गरिएको प्यारापिटको सहयोगदाता तथा क्षेत्रीय खेलकुद एवं जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले निरीक्षण गरेका थिए ।
