गण्डकी तारा प्रतियोगिताको उपाधि यमवहादुर नेपालीलाई

Share:

लेखनाथ, ९ फागुन-
१३ औं लेखनाथ महोत्सवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारा प्रतियोगिताको उपाधि यमवहादुर नेपालीले जितेका छन् ।

गण्डकी ताराको उपाधी हात पर्दौ उनले ५० हजार प्राप्त गरेका छन् भने उप विजेतामा सोनु कुमार विक घोषित भई रु २५ हजार प्राप्त गरेका छन् ।

यसै गरि महोत्सवको आर्को थप आर्कषका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा तोरीबारी आमा समुह लेखनाथ १७ भरतपोखरीले प्रथम स्थान हासिल गरेको छ भने द्धितियमा प्रगतिशिल महिला समुह लेखनाथ १२, तृतियमा खास्टेताल बराही महिला समुह लेखनाथ ४ र ६ भएको छ । दर्शकहरुको समेत मुल्याङकनबाट उत्कृष्ठ समुह छनोट गर्ने प्रक्रियमा माछापुच्छ्र आमा समूह पोखरा १४ पुरस्कृत भएको हो ।

यसैविच महोत्सवको उद्रघाटनका दिन राखिएको झाकी ¥याली प्रदशनीमा नेपाल कपडा तथा सिलाई ब्यवसायी समिति लेखनाथ प्रथम भएको छ भने द्धितियमा बह्माकुमारी ईश्वरीय विद्यालय र तृतियमा क्षेत्री समाज नेपाल लेखनाथ घोषित भएको छ ।

महोत्सव आइतबारदेखि सकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: